वीरगंज | नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य योगनारायण यादवको असामयिक निधन प्रति शाेक व्यक्त गर्दै धनुषा एमालेले ३ दिनसम्म पार्टीको झण्डा झुकाउने जनाएका छन् ।
शुक्रबार जनकपुरधाम स्थित मिथिला भवनमा रहेको नेकपा एमाले धनुषा कार्यालयमा आयोजित शोकसभामा धनुषा इन्चार्ज रामचन्द्र मण्डलले एमाले पार्टीलाई उनको मृत्युले गम्भिर क्षती भएको भन्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दै पूर्व प्रदेशसभा सदस्य समेत रहेका इन्चार्ज मण्डलले नेता योगनारायण यादवको शोकमा पार्टी झण्डा आज देखि ३ दिनसम्म झुकाउने र वहाँको शोकमा पुस्तिकामा हस्ताक्षर संकलन गर्ने निर्णय पार्टीको रहेको छ ।नेकपा एमाले धनुषाका सह–ईन्चार्ज समेत रहेका यादव मृगौला रोगबाट पीडित रहेका थिए भने उनको मृत्यू कोरोना संक्रमणका कारण भएको थियो ।
धनुषाको सबैला नगरपालिका बस्ने यादवको उपचार क्रममा काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा बिहिबार विहान भएको थियो । ५७ वर्षीय नेता यादवको विगत ४ दिनदेखि उपचार हुँदै आएको थियो । नेता योगनारायण यादवका दुई श्रीमती र दुई छोरा छन् ।उनी राजनीतिमा सक्रिय हुनुपूर्व जिल्ला कृषि कार्यालयमा जेटिए पदमा कार्यरत्त थिए । सरकारी जागिर छाडेर उनी २०४४ अघि नै नेकपा एमालेमा सक्रिय भएका थिए ।जिल्ला विकास समिति धनुषाका पूर्व सभापछि रामचरित्र साहले नेता योगनारायण यादवको जिवन बारे प्रकाश पारेका थिए ।