• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ : कोरोना संक्रमणले जनताको बेहाल, प्रदेश सरकार सौन्दर्यीकरणमा रम्दै

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७८, शनिबार ०७:४४
  • २५९३

    जनकपुर । प्रदेश २ मा कोभिड–१९ (कोरोना) बाट संक्रमित हुनेको संख्या दिनहुँ बढ्दै जाँदा उपचारका लागि जनताले हारगुहार गर्नुपर्ने अवस्था छ । तर प्रदेश सरकार भने कोरोना महामारीका बाबजुद सौन्दर्यीकरणका आयोजनामा बजेट खन्याउँदै जनताको पीडाप्रति गैरजिम्मेवार देखिएको छ ।कोभिड–१९ संक्रमण उच्च रहे पनि संक्रमित अधिकांश व्यक्ति होम आइसोलेसनमा बस्न बाध्य छन् । अस्पतालका शय्या भरिएका कारण गम्भीर समस्या भएका बिरामीले समेत समयमै उपचार पाउन नसकेको अवस्था छ ।तर प्रदेश २ सरकारले भने कोभिड १९ संक्रमितहरुको अवस्थालाई एकातिर पन्छाएर बजेट खर्चको दायरालाई अर्कैतिर बढाएको छ । प्रदेश सरकारले कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणप्रतिको जिम्मेवारी बेवास्ता गर्दै विकास निर्माण तथा सौन्दर्यीकरणमा बजेट केन्द्रित गरेको छ ।

    विकास निर्माणको नाममा प्रदेश सरकारले सम्पूर्ण बजेट पोखरी सौन्दर्यीकरण, सडक, सामुदायिक भवन, मन्दिर निर्माणलाई प्राथमिकता दिएको छ । अर्कोतिर अस्पतालमा आइसोलेसन शय्या, अक्सिजन, भेन्टिलेटर, आइसियु कक्ष, औषधि, जनशक्ति व्यवस्थापन र कोभिड १९ संक्रमणको कारण मृत्यु भएकाको शव व्यवस्थापनदेखि सामान्य रोगीहरुको प्राथमिक उपचारमा सरकारको ध्यान पुगेको छैन ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चालु आर्थिक वर्षमा ४ अर्ब ६२ करोड ९७ लाख रुपैयाँ बजेटको करिब १४ प्रतिशत रकम स्वच्छ अभियान अन्तर्गत पोखरी संरक्षण तथा सौन्दर्यीकरण शीर्षकमा छुट्याएको छ । उक्त कार्यालयले सार्वजनिक गरेको खर्च विवरण अनुसार प्रदेशको ८ वटै जिल्लाका ४२ वटा पोखरीको संरक्षण तथा सौन्दर्यीकरणका लागि ६२ करोड ९० लाख रुपैयाँ र करिब १० करोड रुपैयाँ रकमान्तर गरी ७३ करोड ९० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

    चालु आर्थिक वर्षको चैत मसान्तसम्म २० वटा पोखरीको सौन्दर्यीकरणको काम बल्ल सुरु भएको छ । पोखरी सौन्दर्यीकरणको काममा अहिलेसम्म करिब १० करोड ९ लाख रुपैयाँमात्रै खर्च भएको छ ।प्रदेश सरकारले स्वच्छ अभियान कार्यक्रम सञ्चालन गर्न स्वच्छ अभियान सहयोगीको तलब र भत्ताका लागि २० लाख ४० रुपैयाँ, प्रचारप्रसारका लागि १ लाख रुपैयाँको दरले २० वटा स्थलमा होर्डिङ बोर्ड राख्न २० लाख रुपैयाँ र पालिकास्तरीय स्वच्छता अभियानका लागि एक लाख ३६ हजार रुपैयाँ छुट्याएको छ ।त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि १ अर्ब ७ करोड रुपैयाँ, प्रदेशको सफल कार्यक्रमको रुपमा मानिएको बेटी बचाउ, बेटी पढाउ अभियानका लागि करिब ८० करोड रुपैयाँ र पोखरी सौन्दर्यीकरण बाहेक अन्य बाँकी रकम कर्मचारी तथा पदाधिकारीको तलब भत्ता, तालिम, भ्रमण र कार्यालय सञ्चालनका लागि छुट्याइएको छ ।

    उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले समेत पोखरी सौन्दर्यीकरण कार्यक्रमलाई प्राथमिकतासहित प्रदेशका विभिन्न जिल्लाका १२ वटा पोखरी सौन्दर्यीकरणका लागि २ करोड ९५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका मुख्यसचिव गोकर्णप्रसाद दवाडीले विकास निर्माण अन्तर्गतको पोखरी सौन्दर्यीकरण लगायतका कार्य पूर्व स्वीकृत योजना अनुसार नै राखिएको जानकारी दिए । उनले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रयणका लागि बजेटको अवस्थाबारे आफुलाई जानकारी नभएको बताए ।उनले भने, ‘स्वास्थ्यको बारेमा सामाजिक विकास मन्त्रालयले नै हेर्ने हुनाले यसबारे मलाई जानकारी छैन ।’

    प्रदेश २ मा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण निकै चुनौतीपूर्ण बन्दै गएको छ । संक्रमितको संख्या दैनिक उकालो लाग्दै गर्दा मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ ।सरकारी अस्पतालमा अक्सिजन, भेन्टिलेटर र जनशक्तिको अभाव पूर्ति गर्न प्रदेश सरकार असफल देखिएको छ । विकास निर्माण लगायतका कार्यमा मनग्य कमिसन आउने हुनाले कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारमा प्रदेश सरकारले ध्यान नदिएको विपक्षी दलहरूको आरोप छ ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका संसदीय दलकानेता रामसरोज यादवले प्रदेश सरकार जनताको स्वास्थ्यको सवालमा गम्भीर नरहेको बताए । उनले भने, ‘यो मामिलामा प्रदेश सरकार निकम्मा र गैरजिम्मेवार देखिएको छ ।’

    अहिले कोभिड १९ संक्रमणले जनता मरिरहेको बेला सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणतर्फ ध्यान दिनुपर्नेमा विकास निर्माणको नाममा भ्रष्टाचार गर्न कमिसन आउने ठुला योजनाहरुमा सरकारले हात हालेको उनको भनाइ छ ।आफूहरुले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण एवं उपचार व्यवस्थापनका लागि ठोस कार्यक्रम ल्याउन पटक पटक आवाज उठाउँदा पनि प्रदेश सरकारले वास्ता नगरेको उनको भनाइ छ ।
    प्रदेश २ मा कोभिड १९ संक्रमणका कारण अहिलेसम्म ४५८ जनाको मृत्यु भईसकेको छ भने २८ हजार २७७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १८ हजार ४३८ जना निको भइसकेका छन् । अस्पतालमा शय्याको अभावका कारण ८ हजार ५७० जना संक्रमित होम आइसोलेसनमा छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑