वीरगंज | आजकाल धेरैजसो मानिसहरुको दिनचर्याको धेरैजसो समय अफिसको कामकाजमा नै बित्ने गर्छ । यसैकारण मानिसहरु शारीरिक क्रियाकलाप र व्यायाममा ध्यान दिइरहेका छैनन् । यद्यपि, विश्व स्वास्थ्य संगठनले यसकारे जुन आँकडा सार्वजनिक गरेको छ, त्यो निकै भयानक छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार थुप्रै घण्टासम्म काम गरेका कारण स्ट्रोक र मुटुरोगका कारण सन् २०१६ मा ७४५,००० को मृत्यु भयो । यसमा सन् २००० पछि २९ प्रतिशतको वृद्धिदर देखिएको छ ।
रिपोर्टले लामो समयसम्म अफिसको काम गर्दा घातक हुनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओ र आईएलओका अनुसार सन् २०१६ मा हप्तामा कम्तीमा ५५ घण्टा काम गरेका कारण ३,९८,००० व्यक्तिको स्ट्रोक र ३,४७,००० मानिसहरुको हृदयरोगका कारण मृत्यु भयो । सन् २००० र सन् २०१६ का बीच हेर्ने हो भने लामो समयसम्म काम गरेका कारण मुटु रोगबाट हुने मृत्युको संख्यामा ४२ प्रतिशत र स्ट्रोकका कारण हुने मृत्युमा १९ प्रतिशत वृद्धि भयो ।
धेरैजसो पश्चिमी प्रशान्त र दक्षिण–पूर्व एशियाको क्षेत्रमा बस्ने मानिसहरु, मध्यम उमेर भएकाहरु वा वृद्ध–वृद्धाहरु धेरै घण्टा काम गरेका कारण यस्तो रोगको शिकार भएका छन् । यसका साथै ७२ प्रतिशत मृत्यु पुरुषमा देखियो । धेरैजसो मृत्यु ६० देखि ७९ र ४५ देखि ७४ को उमेरका मानिसहरुमा दर्ता गरिएको छ जसले प्रति हप्ता ५५ घण्टा वा सोभन्दा बढी समयसम्म काम गरेका थिए ।
कामले रोगी बनाउनुको सबैभन्दा ठूलो कारण भनेकै धेरै घण्टासम्म काम गर्नु हो । जहाँ एकातिर संसारमा कामको बोझ बढ्दै गइरहेको छ भने अर्कोतिर यसैका कारण रोगको खतरा पनि बढिरहेको छ । यसले मानव स्वास्थ्यका लागि एक मनोवैज्ञानिक सामाजिक, व्यावसायिक जोखिमजस्ता इंगित गर्छ । यसको सीधा असर लामो समयसम्म काम गर्ने मानिसहरुको दिमागमा पर्न सक्छ ।
अध्ययनका अनुसार हप्तामा ३५–४० घण्टा काम गर्ने तुलनामा प्रति हप्ता ५५ वा सोभन्दा बढी काम गर्दा स्ट्रोकको खतरा ३५ प्रतिशतभन्दा बढी र इस्केमिक हार्ट डिजिजबाट मृत्यु हुने खतरा १७ प्रतिशतभन्दा बढी हुन्छ । यसबाहेक लामो समयसम्म काम गर्नेहरुको संख्या बढिरहेको छ । यस्ता प्रकारका बानी धेरैजसो मानिसहरुमा कामसँग सम्बन्धित रोग र उमेर अगावै हुने मृत्युको खतरालाई बढाउने गर्छ ।
यो नयाँ विश्लेषण यस्तो समयमा आएको छ जब कोभिड–१९ को महामारीका बेला धेरै घण्टा काम गर्ने चलन बढिरहेको छ । यो महामारीमा धेरै घण्टा काम गर्ने प्रवित्तिले प्रोत्साहन पाइरहेको छ ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडनहोम गेब्रेयेससले भने, ‘कोभिड–१९ महामारीले थुप्रै मानिसहरुको काम गर्ने तरिकालाई निकै परिवर्तन गरेको छ । थुप्रै उद्योगमा ट्याली वर्किङ अर्थात् वर्क फ्रम होमलाई आदर्श मानिएको छ जसले धेरैजसो घर र कामबीचको सीमालाई धमिलो पारिदिन्छ । यसबाहेक थुप्रै व्यवसायलाई पैसा बचाउनका लागि वा काम बन्द गर्नका लागि बाध्य पारिएको छ र जो मानिसहरु काम गरिरहेका छन्, उनीहरु घण्टौंसम्म काम गरिरहन्छन् । कुनै पनि जागिर स्ट्रोक वा हृदय रोगको खतराभन्दा ठूलो होइन । स्वास्थ्यको देखभालका लागि सरकार, रोजगारी प्रदायक र कर्मचारीले मिलेर कामको घण्टाको सीमा निश्चित गर्नुपर्छ । ’
विश्व स्वास्थ्य संगठनमा पर्यावरण, वायु परिवर्तन र स्वास्थ्य विभागकी निर्देशक डा. मारिया निराले भनिन्, ‘प्रति हप्ता ५५ घण्टा वा सोभन्दा बढी काम गर्नु स्वास्थ्यका लागि एउटा ठूलो खतरा हो । यो समय हामी सबै सरकार र कर्मचारी यो तथ्यप्रति जागरुक हुन र लामो समयसम्म काम गर्दा अकालमा मृत्यु हुनसक्छ भनेर थाहा पाउन आवश्यक छ । ’
‘सरकारले रोजगार प्रदायक र कर्मचारीको स्वास्थ्यका लागि केही कदम उठाउन सक्छन् । सरकार यस्ता कानून, नियम र नीति लागू गर्न सक्छन् जसले अनिवार्य ओभरटाइममाथि प्रतिबन्ध लगाओस् र काम गर्ने अधिकतम सीमा सुनिश्चित गरोस्,’ उनले थपे ।