वीरगंज । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी गरेकाहरुको निवेदन अस्वीकृत गरेपछि त्यसलाई ‘डकैती’को संज्ञा दिएका छन्।
संविधानको धारा ७५ (६) बमोजिम राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेकोमा प्रधानमन्त्री पदमा वहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी प्रस्तुत गरेका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै उम्मेदवारको दाबी नपुगेको ठहर गरेकी थिइन्। त्यसलगत्तै ओलीले मध्यरातमा नै मन्त्रिपरिषद बैठक बोलाएका थिए।
ट्वीट गर्दै पुनले ज्ञानेन्द्र शाहले पनि शुक्रवार र मध्यरातलाई नै ‘कू’ गरेको स्मरण गर्दै ओलीले समेत शुक्रवार र मध्यरात नै डकैती गरेको आरोप लगाएका हुन्।