वीरगंज । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाले सरकार बनाउन असफल भएको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिध सभालाई सफल बनाउन नदिइएको बताए ।
‘सरकार गठन हुने, चल्ने यी सबै कुरा जनताको ताजा जनादेशबाट उपयुक्त हुन्छ भनेर संसद् विघटन गरेको थिएँ,’ उनले भने ‘परिस्थितीलाई विश्लेषण गरेर नै संवैधानिक व्यवस्थाको राजनीतिक व्याख्या अनुसार नै विघटन गरेँ ।
अदालतको व्यख्या रह्यो, प्रतिनिधी सभा पुन:स्थापन भयो । अविश्वासको प्रस्ताव ल्याउन बाटो खोलेँ । तर अविश्वासको प्रस्ताव अढाई महिनासम्म पनि आएन । नयाँ सरकार बनाउन प्रतिनिधि सभा सफल भएन । अथवा प्रतिनिधिसभालाई सफल बनाउन दिइएन ।’