भारत | भारतको पटनामा कोरोना भाइरसको कारण ब्ल्याक फंगससँग जुधिरहेका मानिसहरलाई नयाँ समस्या आएको छ । त्यसको नाम हो व्हाइट फंगस ।
बिहारको पटना अस्पतालमा चार जना व्हाइट फंगसका बिरामी भेटिएका छन् । समाचार अनुसार यो ब्ल्याक फंगस भन्दा बढी खतरनाक हो ।
व्हाइट फंगस हुने मुख्य कारण फोक्सो संक्रमण हुनु हो । यसले फोक्सोको साथै छाला, नङ, मुखको भित्रि भाग, ग्यास्ट्रिक, आन्द्रा, कलेजो, गुप्तांग र मतिष्क आदीलाई संक्रमण गर्छ ।