• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महन्थ–राजेन्द्रको साथ पाउन जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता दिन ओली तयार

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७८, बिहीबार २३:५०
  • ५८७७

    वीरगंज । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालको समर्थन पाउनका लागि जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय गरेका छन् । नयाँ सरकार गठनका लागि मुलुकको राजनीतिक कोर्ष अचानक मोडिएसँगै ओलीलाई जसपाको साथ अत्यावश्यक भएको हो । आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन वा अरुको नेतृत्वमा सरकार बन्न नदिनका लागि ओलीले जसपाको साथ खोजेका हुन् ।

    प्रतिनिधिसभाको अंक गणितमा अहिले सरकार गठनका लागि जसपाको भूमिका निर्णायक हुने देखिन्छ । जसपाले आफ्ना माग पूरा गर्नेलाई मात्र सहयोग र समर्थन गर्ने नीति लिएको छ । त्यसमा पनि जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले ओलीसँगै सहकार्य गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

    प्रधानमन्त्री ओलीले नागरिकतासम्बन्धी विधेयक लामो समयदेखि संसदमा विचाराधीन रहेकै समयमा बिहीबार जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने निर्णय मन्त्रिपरिषद्बाट गरेका छन् । सरकारको उक्त निर्णयप्रति जसपा नेपालका अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीलाई धन्यवादसमेत दिएका छन् ।

    उनले बिहीबार नै प्रधानमन्त्री ओलीलाई भेटेर नागरिकतासम्बन्धी समस्या समाधान हुने गरी मन्त्रिपरिषदबाट भएको निर्णयप्रति धन्यवाद प्रकट गरेका हुन् । अब प्रधानमन्त्री ओलीले संविधान संशोधनको प्रकृया अगाडि बढाउने र जसपाको ठाकुर पक्षले ओलीलाई बहुमतको सरकार बनाउन सहयोग गर्ने गरी दुई नेताबीच सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

    संविधान संशोधनको विषयमा अध्ययन गर्न एउटा विज्ञ समूह बनाउने निर्णयसमेत प्रधानमन्त्री ओलीले गरिसकेका छन् । जसपा नेपालका कार्यकारिणी समितिका एक सदस्यले रातोपाटीसँग भने, ‘महन्थ ठाकुरजीले संविधान संशोधनका लागि विज्ञ समूह गठन गरेर संशोधनको प्रकृया अगाडि बढाएमा पार्टीबाटै निर्णय गराएर सरकारलाई समर्थन जनाउने प्रतिवद्धता जनाउनुभएको छ ।’

    प्रधानमन्त्री ओली पनि विज्ञ समूह बनाउन तयार भएको स्रोतको दाबी छ । विज्ञ समूह बनाउनुभन्दा पहिले काँग्रेस सभापति शेरबहादुर देउवासँग समेत ओलीले छलफल गर्ने बताइएको छ । जसपाका अध्यक्ष ठाकुरसँग लगातारको छलफलपछि नै प्रधानमन्त्री ओली विश्वासको मत लिने प्रकृयामा नजाने निष्कर्षमा पुगेको जसपा स्रोत बताउँछ । सोही अनुसार बिहीबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भएको उक्त स्रोतको दाबी छ ।

    प्रधानमन्त्री ओली जसपाको सहयोगमा बहुमतको सरकार बनाउने मनस्थितिमा पुगेका छन् । उनले एमालेभित्र माधवकुमार नेपाल पक्षलाई पनि मिलाइसकेका कारण आफ्नो पार्टीका १२१ जना सांसद र जसपाका महन्थ–राजेन्द्र पक्षमा देखिएका १९ सांसदको समर्थनमा बहुमतको सरकार बनाउन सकिने निष्कर्ष निकालेका छन् ।

    जसपाले रेशम चौधरीको रिहाइ, मधेस–थहरुहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकताको समस्या, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग पूरा गर्न प्रधानमन्त्री ओलीसमक्ष माग गरेको थियो ।

    त्यसमध्ये रेशम चौधरी रिहाइको प्रकृया अदालतबाट हुने आश्वासन सरकारले दिएको छ । सरकारले ११२ वटा मुद्दा फिर्ता लिइसकेको छ भने अन्य मुद्दा पनि फिर्ताको क्रममा छन् । यता, जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच जसपा सरकारमा नजाने तर सरकारको नेतृत्व गर्ने अवसर आए त्यसका लागि पहल गर्ने सहमति भइसकेको छ । तर, जसपालाई सरकारको नेतृत्व दिने सम्भावना निकै कम रहेका कारण ओलीलाई नै सघाएर अगाडि बढ्ने ठाकुर–महतोले सोच बनाएको बुझिएको छ ।

    जसपाका एक सांसदले भने, ‘महन्थ ठाकुर र उपेन्द्र यादवबीच जस्तोसुकै सम्झौता भए पनि जेठ ८ र ९ गते बस्ने कार्यकारिणी समितिको बैठकले गर्ने निर्णय नै आधिकारिक हुन्छ ।’ उक्त बैठकमा दुई अध्यक्षबीचको सम्झौतामा लेखिएका विषयमा पनि छलफल हुने ती नेताको भनाइ छ । सो बैठकले गर्ने निर्णयकै आधारमा पार्टी अगाडि बढ्ने उनले रातोपाटीलाई बताए

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑