• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राष्ट्रपति ज्यु अति त गर्न हुँदैन नि !

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७८, बिहीबार २३:४३
  • ३२०५

    वीरगंज । म कहिल्यै राजनीति गर्दिन, कुनै राजनीतिक दलसँग आवद्ध हुन्न र राज्यबाट प्राप्त हुने कुनै पद, पुरस्कार सुविधा आदि केही पनि लिन्न भनेर आफैँसँग प्रतिवद्ध भएर कानून व्यवसाय पेशा अंगालेको मानिस हुँ । दुःखका करिब ३ दशक यही प्रतिवद्धतामा कटाइसकेको छु । अब फेरि आफ्नो प्रतिवद्धता फेरेर राज्यका कुनै सुविधा लिनु नपर्ला भन्ने विश्‍वास छ । त्यसैले जुनबेलासम्म संविधान र कानूनबमोजिम काम भइरहेको भन्ने मलाई लाग्छ त्यसबेलासम्म म राजनीतिक जोडघटाउमा कसलाई नाफा हुन्छ र होस् भनेर मत्लब राख्दिन ।

    साथै, संसदीय व्यवस्था रहुञ्जेल शक्ति सन्तुलनको लागि प्रधानमन्त्रीले संसद् विघटन गर्न र नयाँ चुनाउमा जान पाउँछ र पाउँनु पर्छ भन्ने स्थायी विश्‍वास राख्‍ने मानिस हुँ म । त्यसैले देश चुनावमा जाओस् । मलाई त्यसमा कुनै आपत्ति छैन । देशलाई चुनावमा हुने खर्चले भन्दा एउटा मन्त्रीले कुम्ल्याउने ढुकुटीले बढी खलास बनाएको हो भन्ने मेरो विश्‍वास छ । त्यसमाथि पनि वर्तमान राजनीतिक गञ्जागोलको अन्त्य गर्न पनि चुनाव नै राम्रो विकल्प हुन्छ भन्ने मेरो विश्‍वास छ । तर चुनावमा देशलाई लैजाने भन्दैमा राष्ट्रपतिबाट पनि अचाक्ली त हुनुहुँदैन नि !

    राष्ट्रपतिज्यूले धारा ७६ (५) बमोजिम सरकार गठन गर्नको लागि २१ घण्टा ४ मिनटको समय दिनुभएछ (राष्ट्रपति कार्यालयको सूचना १९:५६ अर्थात् अपराह्न ७ बजेर ५६ मिनटमा प्रकाशन भएको छ) । त्यसमध्येमा कार्यालय समय १ घण्टा खाजासमयसम्म जोड्दा पनि ७ घण्टामात्र हुन्छ । अझ खाजा समय घटाउँने हो भने जम्मा ६ घण्टा हुन्छ । दलहरूले नसकेर सरकार गठन गर्न नसक्ने दलहरूसँगै सहयोग मागेर एउटा सदस्यले सरकार गठन गर्ने प्रयास गर्ने अवस्थामा किन यति थोरै समय महामहिम रु कुनै सरकार गठनको प्रयास गर्ने सदस्य काठमाडौं बाहिर छ भने काठमाडौं आउन पनि समय लाग्ला । विश्वासको मत प्राप्त गर्न सक्ने भन्ने तपाईँलाई विश्‍वास दिलाउन आधार तयार गर्न पनि समय लाग्ला ।

    भोलि कुनै सदस्यले संविधानको उद्देश्य पटक-पटक चुनावमा जाने होइन । फागुन २१ गतेको संवैधानिक इजलासको फैसलाले पनि प्रमाणित गरेको छ । तर राष्ट्रपतिले कुनै तर्कसङ्गत आधार बिना नै कम समय दिएकोले धारा ७६  (५) बमोजिम सरकार गठन गर्न पाउने मेरो अधिकार हनन भयो भनेर मुद्दा दियो भने तपाईँमाथि मुद्दा लाग्दैन तर राष्ट्रपति कार्यालयमाथिचहिँ मुद्दा लाग्छ भन्ने २०६७ असोज १४ तुक न तर्कको सर्वोच्चको फैसला र त्यसैमा आधारित भएर बनाइएको राष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को दफा १६ को उन्मूक्तिले मात्रै थेग्दैन होला नि ? आफूमाथि मुद्दा नलागे पनि आफ्नो निर्णय बदर भयो भने त नैतिक जिम्मेवारी पनि हुँदो हो नि ? तपाईँले पाएका २ वटा स्वविवेकमध्येको एउटा स्वविवेक धारा ७६ (५) कै व्यवस्था भएकोले त्यसको प्रतिरक्षा त मन्त्रिपरिषद्ले गर्दैन होला तपाईँले नै गर्नुपर्दो हो नि ?

    राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्ने कर्तव्य भएको राष्ट्रको एकमात्र पदाधिकारीको यस्तै व्यवहारले संवैधानिक कर्तव्य पूरा गरेको हुन्छ ? तपाईँको अन्तिम कार्यकाल हो तर यो संविधान र देशको अन्तिम होइन भन्ने पनि सम्झिनूस् र तपाईँले अवकाशपछिको जीवन पनि जनताकै करबाट चल्ने हो भन्ने पनि ख्याल राख्‍नूस् । अचाक्लि, संविधान मिच्ने र कसैको पिछलग्गू हुनको पनि हद हुन्छ नि १ यत्रो कार्यकालमा यो एउटाचाहिँ राष्ट्रपतिले साँच्चै देशकै राष्ट्रपतिको जस्तो काम गर्नुभएको थियो भनेर सकरात्मकरूपमा सम्झिने त ठाउँ राख्नूस् । डेढ दशक अघिमात्रै राजा विरुद्ध उर्लेका जनता किन अब राजा राजा भन्दैछन् ? त्यसको कारक को हो भन्ने पनि ख्याल राख्नूस् ।

    अधिवक्ता माधवकुमार बस्नेतको फेसबुकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑