वीरगंज । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आव्हान गरेकी छन्। विहीबार अबेर सूचना प्रकाशित गर्दै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि प्रतिनिधिसभाका सदस्यहरुलाई आव्हान गरेकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बमोजिम ३० दिन भित्र विश्वासको मत लिनुपर्नेमा विश्वासको मत पाउने अवस्था नदेखिएकाले धारा ७६ को उपधारा ५ बमोजिम सरकर गठनको प्रक्रिया शुरु गर्न भनेअनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी हुन्। शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको छ।