• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बादलको राजनीतिक भविष्यमा ‘कालो बादल’ !

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७८, बिहीबार १८:३०
  • ३४०५

    हेटौँडा | हेटौँडाबाट राष्ट्रियसभा उपनिर्वाचनको मतपरिणाम आइसकेकै थिएन, बिहीबार दिउँसो अकस्मात् सर्वोच्च अदालतले रामबहादुर थापा बादलको गृहमन्त्री पद असंवैधानिक ठहर गर्दै खारेज गरिदियो । उपचुनाव जितेको भए बादललाई फेरि गृहमन्त्री बन्ने बाटो खुल्नसक्थ्यो । तर, उपचुनावमा पनि उनले पराजय व्यहोरे । बादलका लागि राजनीतिक जीवनमा एकैदिन दुईवटा चट्याङ परेजस्तो भयो ।

    बिहीबार सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनमा पराजित भएका बादलको गृहमन्त्री पदसमेत गुमेको छ । गृहमन्त्री र राष्ट्रिय सभा सदस्य पद दुवै गुमाएका बादलको आगामी राजनीतिक भविष्यमाथि अब थप कालो बादल मडारिने निश्चितजस्तै छ ।

    यसअघि माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित बादल माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा गृहमन्त्री भएका थिए । तर, माओवादी पार्टी परित्याग गरेर एमाले प्रवेश गरेसँगै बादलको राष्ट्रिय सभा सदस्य पद गुम्न पुगेको थियो । सोही स्थानमा भएको उपनिर्वाचनमा बादल बिहीबार डा. खिमलाल देवकोटासँग पराजित बन्न पुगे ।

    एमाले पार्टीभित्रको आन्तरिक विवादकैबीच उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार बनेका थिए बादल । बादलका प्रतिस्पर्धी काँग्रेस, माओवादी केन्द्र र जसपाका संयुक्त उम्मेदवार थिए डा. खिमलाल देवकोटा ।

    जतिबेला बादल माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्दै थिए, त्यसैबेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बादललाई पुनः राष्ट्रिय सभामा जिताउने बचन दिएका थिए । सोही बचनअनुसार उनलाई एमालेले उम्मेदवार पनि बनायो । बागमति प्रदेशमा मतदाता पनि एमालेकै बढी थिए । तर, एमालेको माधव नेपाल पक्षले मत नदिएका कारण बादलले पराजय भोगे, डा. देवकोटा विजयी बने ।

    हुन त बादलले उम्मेदवारी दिने अन्तिम समयसम्म पनि एमालेभित्रको अन्तरसंघर्षका कारण आफ्नो जीत सुनिश्चित नदेखेरै पछि हट्ने संकेत पनि गरेका थिए । तर, एमाले विवाद मिल्ने र जीत सुनिश्चित हुने भनेर ओलीले आश्वस्त पारेपछि उनी पुनः उम्मेदवारी दिन हेलिकोप्टर चढेर हेटांैडा पुगेका थिए ।

    उम्मेदवारी दिँदै गर्दा बादलले आफूलाई सिंगो एमालेको मत र माओवादीको मतसमेत आउने र जीत सुनिश्चित भनेर आत्मरतिमा डुबेका थिए । तर, परिणाम बादलको अनुमान विपरीत आयो ।

    माओवादी राजनीतिमा बादल ‘फ्याक्टर’

    माओवादी जनयद्धकालदेखि नै नेपाली राजनीतिमा सुनिएको नाम हो– रामबहादुर थापा ‘बादल’ ।

    जनयुद्धकालमा प्रचण्डपछिका शक्तिशाली सैन्य कमाण्डर समेत भनेर चिनिएका बादलबारे धेरै माओवादी कार्यकर्तामै कौतुहलता रहने गरेको थियो । तर, शान्ति प्रक्रियासँगै माओवादी मूल राजनीतिक धारमा आएपछि मात्र बादललाई देख्ने, बुझ्ने र चिन्ने अवसर माओवादी कार्यकर्तासहित अन्य राजनीतिक दलका नेता कार्यकर्ता र आम मानिसले पाए ।

    अत्यन्त कम बोल्ने नेताका रुपमा परिचय बनाएका बादलको विगत सरकारमा रहँदा होस् वा पार्टीमा, विवादरहित बन्न भने सकेन । पहिलोपटक प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री बन्दा कट्वाल प्रकरणदेखि ओली नेतृत्वको सरकारका गृहमन्त्री रहँदासमेत उनको कार्यशैलीप्रति आम मानिसले टिप्पणी गरि नै रहे ।

    माओवादी जनयुद्ध कालमा चारित्रिक दाग लाग्दा कारवाही समेत भोग्न बाध्य बादल राजनीतिकरुपमा पनि अस्थिर पात्रका रुपमा चिनिन्छन् ।

    माओवादी शान्ति प्रक्रियामा आएसँगै बहुपदमा गएपछि २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष र बादल महासचिव बने । संविधानसभा–१ को चुनावमा माओवादी ठूलो दल बन्यो । त्यसपछि माओवादीको नेतृत्वमा गठन भएको सरकारमा प्रचण्ड प्रधानमन्त्री भए भने बादल रक्षामन्त्री । तर, प्रधानसेनापति रुक्मांगद कटुवाल काण्ड मच्चियो । तत्कालीन सेनापतिलाई कारबाही गर्ने विषयमा प्रचण्ड र बादलवीच एकमत नै थियो । कटुवाल प्रकरणकै कारण प्रचण्ड सरकारबाट बाहिरिनुप¥यो । त्यसपछि २०६८ को केन्द्रीय कमिटिको बैठकसम्म आइपुग्दा प्रचण्ड र बादल छुटे । प्रचण्डलाई छाडेर बादल कोहन वैद्यको पार्टीमा महासचिव बने ।

    ०६९ असार मा प्रचण्डलाई छोडेका बादल मोहन वैद्य किरणसँग मिलेर नेकपा क्रान्तिकारी बनाए । तर, नेकपा क्रान्तिकारी माओवादी पार्टीको अस्तित्व अन्य पार्टीको तुलनामा कमजोर बन्न पुग्यो । पार्टी नै कमजोर बनेको बुझेपछि बादल पुनः प्रचण्डसँगै फर्कने निर्णयमा पुगेर र ३ जेठ २०७३ मा बहुमत केन्द्रीय सदस्यसहित बादल एकीकृत माओवादीमा फर्किए । बादल फर्किएपछि नेकपा माओवादी केन्द्र बन्यो ।

    ओलीसँग नजिक

    २०७४ सालमा माओवादी केन्द्र र नेकपा एमाले संयुक्त घोषणापत्रमार्फत निर्वाचनमा गए । पार्टी एकता गर्ने तयारी अनुसार निर्वाचनमा गएका दुई दलले प्रतिनिधि सभामा झण्डै दुई तिहाइ (१७४ सिट ) जितेका थिए । बादल भने राष्ट्रियसभाबाट निर्वाचित भएर आए । त्यसपछि ओेली नेतृत्वको सरकार बन्यो । जसमा प्रचण्डकै कोटाबाट बादल गृह मन्त्री बने ।

    बादल १४ फागुन २०७४ मा गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरे । योबीचमा नेकपामा विवाद बढ्दै गयो । यो विवादमा केपी शर्मा ओली एकातिर थिए भने अर्कोतिर प्रचण्ड र माधवकुमार नेपाल थिए । तर, बादल लामो समय कतै खुलेनन् । अन्ततः सर्वोच्चको २०७७ फागुन २३ गतेको फैसलापछि एमाले माओवादी पूर्ववत् अवस्थामा फर्कन बाध्य भएपछि बादलसहितका केही माओवादी नेताहरु ओलीतिरै बसे ।

    नेकपा एक हुँदा माधवकुमार नेपालसहितका पूर्वएमाले नेताहरु प्रचण्डतिर लागेको आक्रोशमा ओलीले बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायत २३ जना माओवादीलाई  केन्द्रीय कमिटीमा भित्र्याएर माधव नेपालहरुलाई कारवाही गरेका थिए ।

    सो विवाद नमिल्दै ओलीले बादललाई उम्मेदवार बनाएपछि नेता नेपाल पक्षले मत नदिदाँ बादल राष्ट्रिय सभाको उपनिर्वाचनमा पराजित बन्न पुगेका हुन् । उपनिर्वाचन भएकै दिन सर्वोच्च अदालतले बादलको गृहमन्त्री पद खारेज गरिदियो । अन्ततः उनको राजनीतिक भविष्यमै कालो बादल लाग्न पुग्यो ।

    अब के गर्लान् बादल ?

    नेपाली राजनीतिमा प्रचण्ड, वैद्य हुँदै ओली नजिक पुगेका बादलको अबको राजनीति यात्रा कस्तो होला ? धेरैले गर्ने प्रश्न यही हो । किनभने, उनको अस्थिर स्वभाव एकातिर छ भने जनमत पनि उनको विपक्षमा छ । संगठनको हिसावले पनि बादल कमजोर छन् भन्ने देखिइसकेको छ । आज जनमानसमा पनि उनी घुलमिल हुनेखालका नेतामा गनिँदैनन् ।

    विश्लेषकहरुका अनुसार एमाले नरोजेर माओवादी नछोडेको भए आज बादल मन्त्री रहेपनि उनको राजनीतिक सम्भावना अरु केही बर्ष बाँकी नै रहन्थ्यो । तर, उनले आफ्नो पद बचाउन गरेको निर्णयले राजनीतिक धरातल समाप्त बन्न पुगेको छ ।

    बादलले एकथान मन्त्री पदका लागि लामो समयको राजनीतिक यात्रा र माओवादी लिगेसी परित्याग गरे । यता एमालेमा पनि उनलाई नेता मान्न कार्यकर्ताहरु तयार छैनन् भन्ने राष्ट्रिय सभा उपनिर्वाचनको परिणामले पुष्टि गरेको छ ।

    माओवादीमा आधा उमेर बिताएका बादलले यो अवस्थामा आइपुग्दा न आफ्नो संघर्षबाट बनेको त्यो पार्टीमा स्थान बनाउन सके, न त एमालेमै नेताको विश्वास आर्जन गर्न सके । जसले गर्दा उनको राजनीतिक भविष्य अन्योलमा परेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑