• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • About us
  • Contact us
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    मेयर पदका उम्मेदवारहरूचुनाव चिन्हपार्टी कुल मत
    राजेशमान सिंहछाता जनता समाजवादी पार्टी, नेपाल13724
    विजयकुमार सरावगीसुर्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)6927
    गिरीश गिरीहलो राष्ट्रिय प्रजातन्त्र पार्टी541

    उपप्रमुख पदका उम्मेदवारहरूचुनाव चिन्हपार्टीकुल मत
    इम्तियाज आलमगाछीनेपाली कांग्रेस8972
    पुरुषोतमलाल झासाइकल लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल1766
    बिना जैसबालहलोराष्ट्रिय प्रजातन्त्र पार्टी919
    रम्‍भा मिश्रागुलाफ स्वतन्त्र1175

    थप विवरण
    होमपेज / Breaking News

    राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७८, बिहीबार १८:१५
  • २९८१

    वीरगंज । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।

    स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ ।
    त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।

    राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो भने साढे ४ बजेदेखि मतगणना शुरु भएको थियो ।उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्पm १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका थिए । यसमध्ये कोरोना भाइरस संक्रमित मतदाताको संख्या २५ थियो ।

    प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो ।

    हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा मतदान भएको थियो ।  प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था मिलाइएको थियो ।

    नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन भएको हो । जसमा बादल पराजित हुनुका साथै अब सांसद रहने बाटो बन्द भएको छ ।

    माधव नेपाल पक्ष निर्णायक

    बागमती प्रदेशमा एमालेकै देवकोटालाई विपक्षी गठबन्धनको तर्फबाट उम्मेदवार बनाउन माधव नेपालले भूमिका खेलेका थिए । त्यसपछि दबावमा रहेका ओलीले पछिल्लो समय नेपाललगायत ४ नेताको कारबाही फुकुवा गर्दै वार्ता प्रक्रिया चलिरहेको थियो । तर, विहीबारको मतदानमा नेपाल समूहले बादललाई सघाएन र देवकोटातर्फ मत खन्यायो ।

    ओलीको अपील काम लागेन

    प्रधानमन्त्री केपी ओलीले बुधबार मौन अवधिको उलंघन गर्दै बादललाई जिताउन अपील गरेका थिए । प्रधानमन्त्री ओलीले पार्टी निर्णयविरुद्ध गएर मतदान गरे पार्टीका लागि स्वीकार्य या क्षम्य नहुने चेतावनी पनि दिएका थिए ।

    ओलीले रामबहादुर थापा पार्टीका उम्मेदवार भएको भन्दै उनी नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता भएको बताएका थिए ।

    मतदान शान्तिपूर्ण : आयोग

    यसैबीच, निर्वाचन आयोगले बिहीबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगले उपनिर्वाचनको मतगणना कार्यलाई व्यवस्थित गर्न मतगणना सम्बन्धी थप निर्देशन पठाएर सहजीकरण गरेको थियो ।

    आयोगले मतदान कार्य सफलतापूर्वक सम्पन्न भएकोमा मतदान कार्यमा खटिने निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी लगायत राष्ट्रसेवक कर्मचारीहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई आयोग धन्यवाद ज्ञापन समेत गरेको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिन्दवासिनी गाउँपालिका अध्यक्षमा प्रमोद तिवारी बिजयी
  • बिन्दवासिनी गाउँपलिको उप_प्रमुख को पदमा ज्योती चौरसिया बिजयी
  • पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित
  • कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      बिन्दवासिनी गाउँपालिका अध्यक्षमा प्रमोद तिवारी बिजयी

      बिन्दवासिनी गाउँपलिको उप_प्रमुख को पदमा ज्योती चौरसिया बिजयी

      पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित

      कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

      पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित

      वीरगन्ज महानगरको वडा न ५ मा नेकपा एमाले विजयी

      पछिल्लो २४ घण्टामा कोरोनाका ६ जना संक्रमित भेटिए

      धरानमा रोकियो मतगणना

      काँग्रेसको गढमा एमाले विजयी

      कालिकामाई ५ काे वडाध्यक्षमा जसपाका कुर्मी विजयी

      बिन्दवासिनी गाउँपालिका अध्यक्षमा प्रमोद तिवारी बिजयी

      बिन्दवासिनी गाउँपलिको उप_प्रमुख को पदमा ज्योती चौरसिया बिजयी

      पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित

      कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

      पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      बिन्दवासिनी गाउँपालिका अध्यक्षमा प्रमोद तिवारी बिजयी

      News

      बिन्दवासिनी गाउँपलिको उप_प्रमुख को पदमा ज्योती चौरसिया बिजयी

      News

      पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित

      News

      कमलामा कांग्रेसका विशेश्वर ४७६ मतले लिड गर्दै

      News

      पर्सागढीको प्रमुख र उपप्रमुखमा एमालेका पाठक र चौधरी निर्वाचित


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑