वीरगंज । प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले सो कुराको व्रिफिग गरेको एक मन्त्रीले रातोपाटीलाई बताए ।
उनका अनुसार बैठकले संसदको बर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत गरेको छ ।बैठकका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको ती मन्त्रीको भनाई छ ।