वीरगंज । विश्व स्वास्थ्य संगठन डब्लु।एच।ओले एक रिपोर्ट सार्वजनिक गरी धेरै घण्टा काम गर्ने मानिसहरुको सँख्या बढदै गईरहेको जनाएको छ।धेरै घण्टा काम गरेका कारण विश्वमा हजारौं मानिसहरुको निधन भैरहेको छ। कोभिड १९ महामारीको कारणले मानिसहरुको मृत्यू अझ तीव्रगतिमा हुन सक्ने विश्व स्वास्थ्य संगठनले स्पष्ट पारेको छ।
लामो अवधिसम्म काम गर्नाले सम्बन्धित व्यक्तिले आफ्नो जीवन गुमाएको पहिलो विश्वव्यापी अध्ययनले देखाएको छ। अध्ययनमा लामो समय कामका कारणलेनै सन २०१६ मा ७ लाख ४५ हजार जना मानिहरु हृदय रोगबाट मरेका थिए। सन २हजारको मृत्यूको तुलनामा त्यो मृत्यू दर २ सय प्रतिशतले बढी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
हप्तामा ५५ घण्टा तथा त्यो भन्दा बढी काम गर्नु स्वास्थ्यका लागि गम्भीर जोखिम भएको विश्व स्वास्थ्य संगठनकि पर्यावरण, मौसम परिवर्तन र स्वास्थ्य निर्देशक मारिया नीराले बताएकी छिन।यस सूचना मार्फत श्रमिकहरुको बढी मात्रामा संरक्षण गर्न चाहेको उनले स्पष्ट पारिन।
डब्ल्यूएचओ र अन्तर्राष्ट्रिय श्रम संगठन द्वारा गरिएको संयुक्त अध्ययनले देखाएको तथ्याङ्कमा धेरैजसो पीडितहरुमा ८२ प्रतिशत देखिएको छ जसमा मध्यम उमेरका बढी थिए। दक्षिण पूर्व एशिया र पश्चिमी प्रशान्त क्षेत्रमा बसोबास गर्ने मानिसरूलाई यो समस्या देखिएको छ। जसमा चीन, जापान र अष्ट्रेलिया बढी प्रभावित मुलुकमा परेका छन।