मेयर पदका उम्मेदवारहरू | चुनाव चिन्ह | पार्टी | कुल मत |
---|---|---|---|
राजेशमान सिंह | छाता | जनता समाजवादी पार्टी, नेपाल | 13724 |
विजयकुमार सरावगी | सुर्य | नेपाल कम्युनिष्ट पार्टी (एमाले) | 6927 |
गिरीश गिरी | हलो | राष्ट्रिय प्रजातन्त्र पार्टी | 541 |
उपप्रमुख पदका उम्मेदवारहरू | चुनाव चिन्ह | पार्टी | कुल मत |
---|---|---|---|
इम्तियाज आलम | गाछी | नेपाली कांग्रेस | 8972 |
पुरुषोतमलाल झा | साइकल | लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल | 1766 |
बिना जैसबाल | हलो | राष्ट्रिय प्रजातन्त्र पार्टी | 919 |
रम्भा मिश्रा | गुलाफ | स्वतन्त्र | 1175 |
वीरगंज ।बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ । हेटौँडाको भुटनदेवी माविमा भएको निर्वाचनमा ३३८ जनाले मतदान गरेका छन् ।सहायक मतदान अधिकृत गोविन्दप्रसाद पौडेलका अनुसार प्रदेशसभाका १०५ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्याक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख २३३ जनाले मतदान गरेका छन् ।
२५ जना कोरोना संक्रमित मतदाताले पनि मतदान गरेका छन् ।वाग्मतीमा प्रदेशसभातर्फ ११० र स्थानीयतर्फ २३८ गरी ३४८ मतदाता थिए । जसमा प्रदेशसभा सदस्य पशुपति चौलागाईंको मृत्यु भएको थियो । निर्वाचनमा प्रदेशका चार र स्थानीय तहका पाँचजना मतदाता अनुपस्थित भएका छन् ।
उपनिर्वाचनमा तीनजना उमेदवार छन् । एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको तर्फबाट डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङ उमेदवार रहेका छन् । मत परिणाम आजै आउने बताइएको छ ।