• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महिला कर्मचारीसँगको लसपसकै कारण बिलगेट्सको राजीनामा !

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७८, बिहीबार १९:१३
  • ३०२५

    वीरगंज । विश्वकै धनी मानिस मध्येका एक तथा विश्वको सफल सफ्टवेयर कम्पनी माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको नाम फेरि चर्चामा छ । केही दिन अघि उनी र मेलिंडा गेट्सले आफूहरु अलग हुने घोषणा गरे ।२७ वर्ष सँगै बसेका उनीहरूको सम्बन्ध विच्छेद भएको खबर निकै चर्चामा रह्यो । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले गत वर्ष कम्पनीको बोर्डबाट राजीनामा दिए । राजीनामा दिँदै गर्दा कम्पनी भीत्र उनीमाथि छानविन भइरहेको खबर आइरहेको छ ।

    यो छानविन बिल गेट्सको २० वर्ष पुरानो अफेयरको विषयलाई लिएर चलिरहेको थियो । तर त्यही छानविनकै बीच उनी कम्पनीको बोर्डबाट हटे। माइक्रोसफ्टले उनको व्यवहारलाई लिएर केही चिन्ताहरु व्यक्त भइरहेका कारण त्यसमाथि अनुसन्धान सुरु गरिएको पुष्टी गरेको छ ।कम्पनीको भनाईमा माइक्रोसफ्टले एउटा कानूनी फर्मसँग मिलेर यो मामिलामाथि जाँच सुरु गरेको थियो र गेट्सको व्यवहारलाई लिएर रिपोर्ट गर्ने कर्मचारीलाई पुरा सहयोग उपलब्ध गराइएको थियो ।

    यद्यपि बिल गेट्सका प्रवक्ताले यसलाई अस्वीकार गरेका छन् । उनका अनुसार यस विषयसँग बोर्डबाट राजीनामा दिने निर्णयको कुनै सरोकार थिएन । बिल गेट्सले छानबिनकै क्रममा राजीनामा गरे ।सोमबार, माइक्रोसफ्टका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भने – सन् २०१९ को अन्तिम महिनामा कम्पनीमा एउटा उजुरी आएको थियो, जसमा बिल गेट्सले सन् २००० मा कम्पनीकी एक महिला कर्मचारीसँग “अन्तरंग सम्बन्ध सुरु गर्न” आग्रह गरिएको थियो ।

    उनले अगाडि भने “बोर्डको समितिले सम्पूर्ण मामलालाई गम्भीरताका साथ लियो र यस विषयमा अनुसन्धान गर्न बाह्य कानुन फर्मको सहायता लिने निर्णय गर्‍यो । अनुसन्धानका दौरान माइक्रोसफ्टले उजुरी दायर गर्ने कर्मचारीलाई पूर्ण सहयोग गरेको थियो ।”यद्यपि यो अनुसन्धान कुनै पनि निष्कर्षमा पुग्न सकेन । किनकि बिल गेट्सले अनुसन्धान पूरा हुनु अघि नै बोर्डबाट राजीनामा दिए । गत वर्षको मार्चमा, बिल गेट्सले लिंक्डइनमा एक पोस्ट गरेका थिए ।

    जसमा उनले यो निर्णय बिल र मेलिंडा गेट्स फाउन्डेसनमार्फत आफ्नो परोपकार कार्यमा बढी समय लगाउन राजीनामाको निर्णय लिएको बताएका थिए । बोर्डमा पुनः निर्वाचित भएको तीन महिनापछि उनको यस्तो पोस्ट आएको थियो ।त्यस समयमा उनले लेखेका थिए, “माइक्रोसफ्टको बोर्डबाट हट्नुको अर्थ कुनै पनि हालतमा कम्पनीबाट टाढा जानु होइन । माइक्रोसफ्ट सधैं मेरो जीवनको महत्त्वपूर्ण हिस्सा हुनेछ ।”

    “म कम्पनीको प्रगतिमा निकै आशावादी छु र यो निरन्तर संसारलाई लाभ पुर्‍याउने काममा अग्रसर भइरहनेछ ।” बिल गेट्सले सामाजिक काममा बढी ध्यान दिन चाहेको भन्दै कम्पनीको बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा दिए ।यद्यपि उनले यो पनि भनेका थिए कि कम्पनी उनका लागि सँधै महत्वपूर्ण रहने र आफूले वर्तमान सीईओ सत्य नाडेला र अन्य अधिकारीहरूको सल्लाहकारको रूपमा काम गरिरहने छन् ।

    बोर्डको आदेशमा पदबाट राजीनामा

    यद्यपि वाल स्ट्रिट जर्नलले आइतबार यस विषयमा एउटा लेख लेखेको छ । जसमा माइक्रोसफ्टको बोर्डले कम्पनीकी एक महिला कर्मचारीसँग बिल गेट्सको अनुचित सम्बन्ध रहेको र उनले राजीनामा गर्नुपर्ने फैसला लिएको उल्लेख छ।अखबारले बिल गेट्सको प्रवक्तालाई सोधेपछि बिल गेट्सको अफेयर पुष्टि गरे पनि पदबाट राजीनामा दिने निर्णयको यो मामिलासँग कुनै सम्बन्ध भएको कुरा उनले सोझै अस्वीकार गरे।

    गेट्सकी महिला प्रवक्ताले भनिन्, “करिब २० वर्ष अघि एउटा अफेयर थियो, जुन आपसी सहमतिबाट टुंगिसकेको छ।”उनी भन्छिन्, “बिल गेट्सको बोर्डबाट छुट्टिने निर्णयको यो मुद्दासँग कुनै सरोकार थिएन । वास्तवमा उनले धेरै अघि आफ्नो परोपकार कार्यलाई बढी समय दिने उल्लेख गरेका थिए।”

    सम्पत्ति र भागबन्डा

    गेट्स दम्पतीले विश्वव्यापी रुपमा परोपकार कार्यका लागि अरबौं रूपैयाँ दान दिएका छन् । दुवैले आफ्नो सम्बन्धविच्छेदको घोषणासँगै फाउण्डेसनको कामलाई आगामी दिनमा समेत मिलेर जारी राख्ने बताएका छन् ।अमेरिकी मिडियाका अनुसार ती दुवैले सम्बन्ध विच्छेदको घोषणा गर्नु अघि नै सम्पत्ति बाँडफाँड र अन्य कुराहरुमा सहमति कायम भएको थियो । फोर्ब्सका अनुसार ६५ वर्षीय बिल गेट्स विश्वका चौथो धनी व्यक्ति हुन् ।

    उनको कुल सम्पत्ति करिब १२४ अर्ब डलर छ । बिल गेट्सले १९७० मा माइक्रोसफ्टको सह-स्थापना गरेका थिए । सन्र २००८ सम्म उनी पूर्ण रुपमा कम्पनीमा संलग्न रहे । माइक्रोसफ्ट अहिलेको विश्वको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी हो ।वाशिङटन, फ्लोरिडा र वायोमिङ राज्यमा बिल र मेलिंडाको कयौं मिलियन डलरको सम्पत्ति रहेको बताइन्छ । तालको किनारमा उनको मुख्य निवास छ । जहाँ आलीशान बंगला छ । रिपोर्टअनुसार मदिनास्थित यो बंगलाको मूल्य करीब १२७ मिलियन डलर छ ।

    बीबीसीको सहयोगमा ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑