• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डेरा भाडा ५० प्रतिशत मिनाहा गर्न र राहत दिने घरधनीलाई अभिनन्दन गर्न माग

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७८, बिहीबार १४:१९
  • ४०३७

    घरबहाल सरोकार महासंघले कोरोना संकटका बेला निम्न आय भएका डेरावालहरुलाई बन्दाबन्दी अवधिभर ५० प्रतिशत घरबहाल मिनाहा गर्न माग गरेको छ । महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानामा ज्याला मजदुरी गरी दैनिक जीवन गुजारा गर्ने, विद्यार्थी तथा निम्न आय भएका डेरावालहरु संकटमा परेको भन्दै घरभाडामा छुट दिन माग गरेका छन् ।

    उनले असक्षमहरुका लागि बन्दाबन्दी अवधिभरको ५० प्रतिशत बहाल मिनाहा गर्न, बहाल भुक्तानी लिँदा दिँदा सरल किस्ताबन्दीमा भुक्तानी दिने व्यवस्था गर्न र विपत सामना पछि २५ प्रतिशत बहाल दर घटाइ बहाल सम्झौताको व्यवस्था गर्न तिनै तहका सरकारसँग आग्रह गरेका छन् । साथै उनले अहिलको कोरोना संकटको बेलामा घर जग्गा बहाल मिनाहा गर्ने र राहत दिने घरधनीलाई उच्चसम्मान, अभिनन्दन गर्न पनि माग गरेका छन् ।

    बहाल छुट गर्ने घरबेटीहरूको तथ्याङ्क लिई बन्दाबन्दी अवधिभरको घरधनीले तिर्नु पर्ने सबै प्रकारका कर छुट ,बैंक वित्तिय संस्थाहरुको ब्याज सहुलियत, कर्जा भुक्तानी समयावधि थप, सहुलियत दरका कर्जा दिने, घरजग्गा बहालमा लिई बन्दको बेला व्यापार, व्यवसाय, उद्योग कलकारखाना संचालन गरी रोजगारी सृजना गर्ने रोजगारदाता सबैलाई विशेष सुविधाका राहत प्याकेजहरु तिनै तहको सरकारबाट सम्बोधन गर्न महासंघले माग गरेको छ ।

    साथै घरबहाल सरोकार महासंघले कोरोना संकटका बेला घरबेटीले डेरामा बस्नेमाथि अमानवीय व्यवहार गरेको भन्दै आपत्ति समेतजनाएको छ । महासंघले विपतको बेला अमानवीय व्यवहार गर्ने घरबेटीलाई कारवाही गर्न सरकारसँग माग पनि गरेको छ ।

    नेपालमा घरजग्गा बहालमा लिइ बसोबास गर्ने निम्न आय भएका ६७ प्रतिशत जनसंख्या रहेको भन्दै संकटको बेला उनीहरुको सुरक्षा गर्न सरकारलाई आग्रह गरेको अध्यक्ष खनालले जनाएका छन् ।

    विज्ञप्तिमा महासंघका अध्यक्षले खनालले भनेका छन्–‘बहाल नदिएको निहुँ झिकी घरबाट निकाल्ने ,जवरजस्ती बहाल बुझाउन बाध्य पार्ने, बहाल बृद्धि गर्ने, सुविधा बन्द गर्ने, पेश्की रकम माग गर्ने, जबरजस्त बन्द गर्न बाध्य पार्ने जस्ता विवेकहीन र मानवीय संवेदनहीनतको कार्यहरु सिमित घरधनीबाट भएकोले सो प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

    उनले ति कार्यहरु विश्वव्यापी मानव अधिकार तथा संविधानको भावनाविपरीत गैर अमानवीय अपमानजनक दुर्व्यवहारजन्य कार्य भएको ठहर गर्दै त्यस्ता कार्यप्रति महासंघले खेद प्रकट गरेको उल्लेख गरेका छन् । उनले सरकारसँग माग गर्दै भनेका छन्–‘उल्लेखित कार्य तुरुन्त बन्द गरी बिना भेदभाव सुरक्षित मर्यादित बसोवासको वातावरण सिर्जना गरी गराई कानुन विपरितको कार्य गर्नेहरुका उपरमा कानुनी दायरामा ल्याउन समेत महासंघ सरकारसँग माग गर्दछ ।’

    साथै राष्ट्रिय घरजग्गा बहाल क्षेत्र संरक्षण कानुन बनाउन, वैज्ञानिक भाडादर निर्धारण गर्न पनि सरकारसँग माग गरिएको छ । महासंघको तर्फबाट कुनैपनि विपतमा घरबहालको क्षेत्रका समस्या समाधानको पहलका लागि केन्द्रका वरिष्ठ उपाध्यक्षको अध्यक्षतामा र आबद्ध जिल्लामा जिल्ला अध्यक्षको संयोजकत्वमा घरबहाल विपत सरोकार समिति गठन गर्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑