• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कालो ढुसीपछि सेतो ढुसीको प्रकोप, कोरोना हो वा सेतो ढुसी लक्षणबाट छुट्याउनै मुस्किल

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७८, बिहीबार १३:३८
  • ४७०९

    वीरगंज ।कोरोनाभाइरस संक्रमित भएर निको भइसकेका बिरामीको आँखाको दृष्टि खोस्ने र ज्यानसमेत लिन सक्ने कालो ढुसी (म्युकरमाइकोसिस)को प्रकोप देखिएको भारतमा अहिले अर्को सेतो ढुसी पनि देखिएको छ । कालो ढुसीभन्दा धेरै घातक मानिने सेतो ढुसी (क्यान्डिडोसिस) का ४ जना बिरामी नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारको पटनामा भेटिएका हुन् । सेतो ढुसी फोक्सोमा संक्रमणको मुख्य कारक हो । फोक्सोका अलावा छाला, नङ, मुखको भित्री भाग, अमाशय, मृगौला, गुप्तांग मस्तिस्क आदिमा पनि यसले संक्रमित गर्छ ।

    पटना मेडिकल कलेज एण्ड हस्पिटलमा माइक्रोबायोलोजी विभागका प्रमुख डा. एसएन सिंहका अनुसार अहिलेसम्म यस्ता ४ बिरामी भेटिएका छन् जसमा कोभिढ–१९ जस्तै लक्षण थिए । तर, उनीहरु कोरोनाभाइरसबाट नभइ सेतो ढुसीबाट संक्रमित थिए । यी बिरामीहरुको र्यापिड एन्टिबडी, र्यापिड एन्टिजेन र आरटी पीसीआर गरी तीनवटै परीक्षण गरिएका थिए तर सबै परीक्षणमा कोरोना नेगेटिभ देखियो । उनीहरु एन्टिफंगल औषधिबाट उपचारपछि ठिक भए । बिरामीहरुमध्ये एक जना पटनाको चर्चित अस्पतालका शल्यचिकित्सक पनि हुन् । उनलाई एउटा ठूलो अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियो । जाँचमा उनी सेतो ढुसीबाट संक्रमित भएको खुलासा भयो । एन्टिफंगल औषधिको उपचारपछि उनको अक्सिजन लेभल ९५ पुग्यो ।

    चिकित्सकहरुका अनुसार ह्वाइट फंगसका कारण मानिसको फोक्सोमा देखिने लक्षण एचआरसिटीमा कोरोनाको जस्तै देखिन्छन् । यी लक्षणमा फरक छुट्याउनु निकै कठिन छ । यस्ता बिरामीकोर्यापिउ एन्टिजेन र आरटी पीसीआर नेगेटिभ रिपोर्ट आउँछ । एचआरसिटीमा कोरोनाको जस्तो लक्षण देखिएमा सेतो ढुसीको पुष्टिको लागि कफको कल्चर गर्नुपर्छ । अक्सिजन सपोर्टमा रहेका कोरोना बिरामीलाई यो सेतो ढुसीले संक्रमित गर्न सक्छ ।

    सेतो ढुसीको कारण पनि कालो ढुसीको जस्तै हुन् । मधुमेह, एन्टिबायोटिक्सको सेवन र स्टोरेयड औषधि लामो समय सेवन गर्दा यसको जोखिम बढ्छ । औषधि खाइरहेका क्यान्सरका बिरामीलाई यसको जोखिम उच्च हुन्छ । नवजात शिशुमा पनि यो संक्रमण डाइपर क्यान्डिडोसिसको रुपमा हुन्छ । यसमा क्रिम रंगका सेता धब्बा देखिन्छन् । साना बालबालिकामा यसले ओरल थ्रस्ट गराउँछ र महिलाहरुमा यो ल्युकोरियाको मुख्य कारण हो ।

    बुधबार पटनामा कालो ढुसीका पनि १९ बिरामी पाइएका छन् । एम्समा ८, आइजीआइएमएसमा ९ बिरामी भर्ना भएका छन् । आइजीआइएमएसमा बुधबार २ बिरामीको शल्यक्रिया गरियो । यहाँ अहिलेसम्म ७ बिरामीको शल्यक्रिया भएको छ । अझै शल्यक्रिया गराउनुपर्ने ५ बिरामी लाइनमा छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑