• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना महामारीका कारण जानकी महोत्सव प्रभावित

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७८, बिहीबार १३:३५
  • ४३७७

    वीरगंज । वैशाख शुक्लपक्षको नवमी तिथि अर्थात् हिन्दु धर्मावलम्बीले देवीको अवतारका रुपमा लिने जानकी (सीता) को जन्मदिन । जनकपुरधाम लगायतमा धुमधामका साथ मनाइने जानकी नवमी पर्व यस वर्ष भने कोरोना संक्रमणका कारण प्रभावित भएको छ ।पछिल्लो वर्षसमेत कोरोना संक्रमणकै कारण राम्ररी मनाउन नसकिएको जानकी नवमी पर्व यस वर्ष पनि कोरोनाभाइरसकै कारण प्रभावित भएको हो । जानकी नवमीका दिन भक्तजनहरुको घुइँचो लाग्ने जानकी मन्दिर अहिले सुनसान छ ।

    जानकी नवमीको दिन अहिले जानकी मन्दिरको मुल प्रवेशद्वार नै बन्द छ । फाट्टफुट्ट एकदुईजना मन्दिर दर्शनका लागि आउने गरे पनि जानकी नवमी पर्व खल्लो लागेको बताएका छन् ।स्थानीय रिमा यादवले कोरोना संक्रमणका कारण जानकी मन्दिर दर्शन गर्न बिहानै आए पनि यस वर्ष कुनै किसिमको कार्यक्रम नहुँदा खल्लो लागेको बताइन् ।जानकी मन्दिरका पुजारी रामरोशन दासले श्रद्धालु भक्तजनलाई घरबाटै पूजा आराधना गर्न भनिएको बताए ।

    ‘कोरोनाको संक्रमण रोकथान तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा, भौतिक दूरी पालन गर्नुपर्ने बाध्यताका कारण यस वर्ष श्रद्धालु भक्तजनलाई घरबाटै पूजाअर्चना गरि मनाउन आग्रह गरेका छौं,’ पुजारी रामरोशन दासले भने । उनका अनुसार आ–आफ्नो घरमा साँझ ७ बजे आरतीका साथै दियो बालेर दिपावली मनाउन आग्रह गरिएको छ ।

    मिथिलाका नरेश राजर्षि जनकको पुत्रीको रुपमा वैशाख शुक्ल नवमीकै दिन जानकीको जन्म भएको ग्रन्थहरुमा उल्लेख भएअनुसार आजको दिनलाई जानकी जन्मोत्सवको रुपमा मनाउने गरिन्छ ।जानकी मन्दिरमा जानकी जन्मोत्सव धुमधामसाथ मनाउने गरिन्थ्यो । अन्य वर्ष जानकी नवमीको अवसरमा जानकी मन्दिरमा विशेष पूजा अर्चना तथा नाचगान हुन्थ्यो । जन्मको गीत ‘सोहर’ गाएर भक्तजनहरुले जानकी जन्मजयन्ती मनाउने गर्दथे ।

    जानकी नवमीको अवसरमा मन्दिरमा हुने शोभायात्रा, गीत संगीत, नाचगान सबै कार्यक्रम कोरोना महामारीकै कारण स्थगित गरिएको छ । आज साँझ जानकी मन्दिरमा मिथिला परम्परा अनुसार विधिपूर्वक जानकी जन्ममहोत्सव तथा पूजा गरिनेछ ।

    यसवर्ष जनकपुरधामको प्रसिद्ध धार्मिक स्थलमध्ये एक रहेको बिहारकुण्ड समेत सुनसान देखिएको छ । बिहारकुण्ड जानकीको बाल्यावस्थामा आफ्नो साथीसँग खेल्ने स्थल रहेको धार्मिक मान्यता छ ।

    बिहारकुण्डमा अन्य वर्ष भक्तजनहरुको भिड लाग्ने र भव्यताका साथ जानकी नवमी पर्व मनाउने गरिए पनि यस पटक कोरोना महामारीका कारण निर्धारित कार्यक्रमहरु समेत स्थगित गरिएको सिया रघुवर कुञ्जका महन्थ रामकिशोर दासले बताए ।

    बिहारकुण्डमा जम्मा ११ वटा मन्दिर छन् । सबै मन्दिरमा जानकी जन्मको अवसरमा विशेष कार्यक्रम हुँदै आएको थियो । तर ती सबै मन्दिर यस पटक कोरोना महामारीका कारण बन्द छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑