• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अवसरको पहाडमाथि निदाइरहेको ओली सरकार

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७८, बिहीबार १३:३१
  • ३६८१

    वीरगंज ।‘दृढ इच्छाका अगाडि चुनौती केही पनि हैन’ प्रसिद्ध इटालियन राजनीतिज्ञ तथा इतिहासकाकार निकोलो मकिवियालीको भनाइ र अहिलेको हाम्रो सन्दर्भ मिल्दोजुल्दो छ। नेतृत्वसँग दृढ इच्छा हुने हो भने उसले अगाडिका चुनौतीलाई सजिलै पन्छाउन सक्छ।

    चुनौतीभित्र अवसर देखेर काम गर्न सक्छ। मानव जीवननै जोखिममा परेको यो बेला हामीले खोजेको नेतृत्व वा शासक यस्तै हुनुपर्थ्यो। जसले चुनौतीकाबीच काम गर्ने अवसरको बिशाल पहाड देखोस्। तर न त्यस्तो शासक नै देखियो न त नेतृत्व।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जहिले जहिले प्रधानमन्त्री भए अनपेक्षित घटनाक्रम र विपत चुनौती बनेर आए। अहिले कोभिड-१९ महामारी मानव जगतकै चुनौती हो। र यो संकट जो शासन सत्ताको नेतृत्वमा छन् तीनका लागि लागि काम गर्ने अवसर हो र हुनेछ।

    २०७२ सालमा पनि ओली नै प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी लगायो। अहिले कोभिड-१९ संकट भनेजस्तै त्यो बेलाको नाकाबन्दी ओलीका लागि चुनौती थिए। र नै काम गर्ने अवसर पनि।

    गर्न चाहने हो भने प्रधानमन्त्री ओलीका लागि कोभिड-१९ को चुनौती अहिलेसम्मका आफ्ना असफलताबाट मुक्त हुने मौका हो। इतिहासमा बिरलै दोहोरिने यस्ता महाविपतसँग जुधिरहेका र अहिलेसम्म प्रभावित नभएका नेपालीलाई जोगाउने अवसर कसैलाई छ भने प्रधानमन्त्री ओलीलाई मात्र छ।

    गर्न चाहने हो भने प्रधानमन्त्री ओलीका लागि कोभिड-१९ को चुनौती अहिलेसम्मका आफ्ना असफलताबाट मुक्त हुने मौका हो। इतिहासमा बिरलै दोहोरिने यस्ता महाविपतसँग जुधिरहेका र अहिलेसम्म प्रभावित नभएका नेपालीलाई जोगाउने अवसर कसैलाई छ भने प्रधानमन्त्री ओलीलाई मात्र छ।

    प्रधानमन्त्रीले पक्कै बुझेका छन् यो समय सरकार र शासकका लागि यही रुपमा फेरि दोहोरिने छैन। अहिले अकालमा मर्न बाध्य निरीह नागरिकलाई बचाउनेमात्र मुख्य ध्येय लिने हो भने ‘ओली बा आइलभ यू’ जस्ता नारा कार्यकर्ता बाहिर आम नागरिकले पनि लाउन थाल्नेछन्।

    आफ्नो सत्ता टिक्ला नटिक्ला, फोहोरी राजनीतिक खेल सधै चलिरहला। सत्ता र राजनीति दुबैलाई थाति राखेर काम गर्ने हो भने अहिले सत्ता आफ्नो हातबाट गइहाल्यो भने पनि भबिष्यमा खुशीखुशी फर्किनेछ भन्ने कुरा ओली जत्तिको चुतर राजनीतिज्ञलाई थाहा नहोला त? तर उनका बाेली र व्यवहारमा जुन किसिमको हलुका र थेत्तरोपन देखिन्छ लाग्छ ओलीले अझै पनि यो संकटलाई चिन्न सकेका छैनन्। काम गर्ने अवसर ठानेका छैनन्।

    जनमानसका आक्रोश छ प्रधानमन्त्री ओली साँच्चिकै निकम्माहरुको घेराबन्दीमा छन् वा सब थाहा भएर पनि थाहा नपाएको अभिनय गरिरहेका छन्? दुनियाँले भनिरहेछ मानवीय संकटको यो महाविपतमा यदि सबैकुरा थाहा पाएर पनि थाहा नभएको अभिनय गरिरहेका छन् भने ओलीको यस्तो कार्य अक्षम्य अपराधमा दरिनुपर्छ।

    संकटको गहिराइको बारेमा ओली साँच्चीकै अनजान र सूचनाबाट बिमुख छन् भन्ने कल्पना गर्न सकिन्न। र पनि ओली बेलाबेला भन्छन् ‘मलाई थाहा छैन।’ उदाहरणका लागि विश्वासको मत माग्ने दिन संसदमा ओलीले भने, ‘मलाई खोप खरिदमा कमिशनको कुरा भैरहेछ भन्ने थाहा छैन। थाहा भयो भने तत्काल कारवाही गर्छु।’

    स्वास्थ्यमन्त्री आफैंले भनेका छन् कमिशनको कारण खोप ल्याउन नसकेको कुरा प्रधानमन्त्रीलाई भनेको। र सारा नेपालीलाई थाहा भैसकको कुरा प्रमलाई जानकारी नहोला भनेर कसरी पत्याउने? पहिले पनि स्वास्थ्य मन्त्रालय मातहतका अन्य बेतिथी र बिसंगती बाहिरिदाँ पनि ओली यसैगरी थाहा छैन भन्दै पन्छिएका थिए।

    देशबासीलाई सम्वोधन गर्दा प्रम ओलीले भनेका थिए, ‘वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाइन्छ। निजी मेडिकल कलेज र अस्पतालहरुमा कोभिड-१९ बिरामीको उपचार गरिनेछ। भारत बाहेकका मुलुकबाट समेत खोप आयात गर्न पहल गरिनेछ।अक्सिजनको अभाव हुने छैन।उपचार नपाएर नेपालीले मर्नपर्ने दिन देख्नु पर्ने छैन।

    तर यतिका दिन भैसक्दा समेत न आजसम्म वीर अस्पताललाई सरकारले युनिफाइड कोभिड अस्पताल बनाउन सक्यो न त खोप आयातका लागि पहल गरेको सुन्न नै पाइयो। उल्टो स्वास्थ्य मन्त्रालय भनिरहेछ वीर अस्पतालले सरकारलाई टेरेन। के यो कुरा प्रधानमन्त्रीलाई पक्कै थाहा नहोला त?

    प्रधानमन्त्रीसँग नागरिकका थप प्रश्नहरु छन्, ‘रामबहादुर थापा ‘बादल’ का लागि भोट माग्नु पर्छ भन्ने थाहा हुने, भोट माग्न भ्याउने, नेता, कार्यकर्ता र आसेपासेलाई दर्शन दिन भ्याउने, पार्टीको बैठक बोलाउन भ्याउने तर कोरोना संक्रमितको चित्कार सुन्न र उनीहरुको घाउमा मल्हम लगाउन अघि नसर्ने पनि हुनसक्छ र? त्यो पनि प्रधानमन्त्रीबाट ?

    आफूले भने अनुसार काम नभएको, सरकारी अस्पतालले नै सरकारलाई नटेरेको, कुनै अस्पतालमा उपचार नपाएर गेटदेखि नै बिरामीको चिच्याहट, कुनै अस्पतालका शैया खालीखाली, सिसिएमसीको जिम्मा लिएपछि अक्सिजनको चरम अभाव, अक्सिजन नपाएर एकै दिन सयौं बिरामीको मृत्यु, पहिलो डोज खोप लगाउने नागरिकले दोश्रो डोज खोप लाउन नपाउने संभावना, कोरोनाको नयाँ भेरिएन्टको चर्को असर, उपचारको अभावमा संक्रमित मृत्युदर उकालो लागिरहेको। यी यावत कुराहरु प्रधामन्त्रीलाई थाहा छैनन् होला त?

    यदि थाहा छ भने समस्या समाधानका लागि उनले के गरे? गरिरहेका छन् त? प्रधानमन्त्रीसँग नागरिकका थप प्रश्नहरु छन्, ‘रामबहादुर थापा ‘बादल’ का लागि भोट माग्नु पर्छ भन्ने थाहा हुने, भोट माग्न भ्याउने, नेता, कार्यकर्ता र आसेपासेलाई दर्शन दिन भ्याउने, पार्टीको बैठक बोलाउन भ्याउने तर कोरोना संक्रमितको चित्कार सुन्न र उनीहरुको घाउमा मल्हम लगाउन अघि नसर्ने पनि हुनसक्छ र? त्यो पनि प्रधानमन्त्रीबाट ?

    कुर्सी हल्लिने संकेत मिल्यो कि तत्काल दल वा मन्त्रिपरिषदका बैठक बोलाउने भ्याउने, राष्ट्रपतिलाई भेट्न समय मिल्ने तर खोप आयातका लागि पहल गर्न समय नहुने भन्ने पनि हुन्छ र? प्रश्न अरु पनि थुप्रै छन्। तर व्यवहारमा जवाफ भेटिन्न।

    यसबाट के बुझ्न सकिन्छ भने प्रधानमन्त्री ओलीले कोभिड-१९ महामारीलाई चुनौतीको रुपमा लिएका नै छैनन्। यदि लिन्थे भने चुनौती सामना गर्न तत्काल गर्नुपर्ने काम गर्ने थिए। त्यस्ता कामहरु जुन अहिले गरेन भने फेरी त्यस्तो मौका नै आउँदैन पछुताउनु सिवाय।

    फेरि पनि दोहोर्याउँ बिगत तीनबर्षका असफलताबाट चोखिन ओलीलाई अहिले एतिहासिक मौका छ। अक्सिजन प्लान्ट खोल्ने, बिदेशबाट अक्सिजन सिलिण्डर आयात गर्ने र यहाँ यत्रतत्र कसैको नियन्त्रणमा रहेका सिलिण्डर खोज्न सरकारी संयन्त्र परिचालन गर्ने यस्तो अवसर उनको सरकारसँगमात्र छ। अहिले यतिगर्दा पनि केही बिरामीको ज्यान बच्छ। संक्रमित ज्यान बचाउनु सरकारको मुख्य काम हो।

    सरकारले कोरोना नियन्त्रणका लागि विज्ञ, नीजि क्षेत्र र गैर सरकारी संघसंस्था तथा उनीहरुका सञ्जालसँग सहकार्य गर्नुपर्छ। यसको पहल प्रधानमन्त्रीले नै गर्नुपर्छ। अरु सबै काम छोडेर अहिलेको मुख्य ध्याउन्न कम्तिमा डेढ करोड जनतालाई कोभिड भ्याक्सिन लगाउने गरी खोपको जोहो गर्न पहल थालिहाल्ने हो। ओली सरकारका लागि यस्तो फेरि आउन्न।

    नेपालीहरुलाई फुर्क्याउन कुनै ठुलो काम गर्नै पर्दैन भन्ने थाहा पाएका ओलीले खोप आयातको पहल र अक्सिजनको सहज उपलब्धतामा देखिएका अव्यवस्था र बिचलनलाई मात्रै व्यवस्थित बनाए भने जनताले उनको जयजयकार गर्छन्।

    कोरोना संक्रमणको पहिलो लहरमा चिनको वुहानबाट नेपाली फिर्ता ल्याउन र उनीहरुलाई व्यवस्थित गर्न सरकारले जे गर्यो त्यसको त आजसम्म सबैले तारिफ नै गरेका छन्। मतलब जनताले बिनाकारण सरकारको आलोचना गर्दैनन्।

    उसको आलोचना त्यतिबेला हुन्छ जतिबेला सरकारले आफ्नो दायित्व पुरा गर्न सक्दैन। राम्रो गर्दा तारिफ नै हुन्छ। अहिलेसम्म २५ लाख जति नागरिकलाई खोप जुटाउन सक्दा त कसैले खोप किन ल्याइस भनि आलोचना गरेको छैन।

    प्रधानमन्त्री ओलीले अहिले यो पनि बुझ्नुपर्छ की बेसार खाँउ कोरोना भगाउँ भन्दा, अम्बाका पात चपाउँ कोरोना भाग्छ भन्दा, नेपालीको इम्युनिटी पावर धेरै छ उनीहरुले कोरोना भगाउँछन् भन्दा बिरोध गर्ने नागरिकले अहिले ‘मैले त्यतिबेला कोभिड-१९ संक्रमणलाई कमजोर ठानेछु, नेपालीको इम्युनिटी पावरले कोरोना भगाउँछ भनेर जे पायो त्यही बोलेछु’ भन्दा क्षमा दिइसके।

    शासकबाट गल्ति हुन्छ र जनताले माफ पनि दिन्छन्। तर गल्ति स्वीकारेरमात्र पुग्दैन। जसरी हुन्छ खोप ल्याउनु पर्यो। जनता बचाउनु परो। अहिलेका लागि प्रधामन्त्री केपी ओलीका लागि चुनौती र अवसर दुबै यही हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑