बीरगन्ज । बीरगन्जमा बुधबार २८८ जनाको स्वाबको पिसिआर परिक्षण गरिएकोमा मात्र ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो बैशाख महिनामा दैनिक पुष्टि हुने संक्रमितको संख्याको तुलनामा कम हो ।
नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले दिएको जानकारी अनुसार २६ महिला सहित थपिएका सङ्क्रमितमध्ये पर्साका ४३, २२ जना बारा, ७/७ जना रौतहट र सर्लाही र १/१ जना धनुषा, महोत्तरी र सप्तरीका बासिन्दा पनि छन् ।
सङ्क्रमितहरुको उमेर समूह १७ वर्षदेख ७० वर्ष रहेको छ भने उनीहरुको सिटि भ्यालु १४ देखि ३५.४ सम्म रहेको छ ।