वीरगंज | कार्ल मार्क्सले भनेका छन्, ‘धर्म मान्छेहरूका लागि अफिम जस्तै हो ।’ मार्क्सले भनेको अफिमको यस्तो नशा हो, जुन नशाले जो कोहीलाई आफ्नो नियन्त्रणमा राख्न सक्छ । पछिल्लो समय इजरायल-प्यालेस्टाइनबप्च चर्किएको युद्ध पनि धर्मको त्यही सिद्धान्तमा आधारित छ, जुन अफिम जस्तै हो ।
गत मे ७ तारिखदेखि दुई देशबीच युद्धको सुरुवात भएको थियो । यसले धर्मका लागि मान्छेहरू कतिसम्म गिर्न सक्छन् भन्ने पुष्टि गरेको छ । दुबैतर्फबाट रकेट हमला चलिरहँदा सयौँ नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ नागरिक घर र परिवारविहीन बनेका छन् । हमलाबाट घरबारविहीन बनेका हजारौँ नागरिकहरू पलायन हुने क्रम बढ्दो छ । यो युद्धले १९४८ को इजरायल र अबरबियन देशबीचको युद्धको झल्को दिइरहेको बताइन्छ ।
उग्रवादी समूहहरूले इजरायली भूमिमा रकेट हमला गर्दा इजरायलले जवाफी हमलाको नाममा गाजापट्टिका सर्वसाधारणमाथि हमला गरिरहेको छ । तर, सर्वसाधारणको हत्यालाई पश्चिमी देशका राजनीतिज्ञहरूले ‘इजरायललाई आफ्नो सुरक्षाको अधिकार छ’ भन्दै मुक्तिको नारा दिइरहेका छन् ।
इजरायली कार्यहरूले हमास (उग्रवादी समूह) डराउने छाँटकाँट देखिँदैन । तर, इजरायलले आफ्नै वर्तमान कामहरूका कारण भविष्यमा आन्तरिक चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । जब २०१८ को एक अध्ययनले इजरायलमा यहूदी जनसंख्या सर्वोपरि रहेको तथ्यांक पत्ता लागेसँगै अरब समुदायमाथि विद्रोह आह्वान गरेको थियो । यहूदी र अरब समुदायबीचको विद्रोहले हिंसाको रुप लिएको अवस्थालाई हल्का रुपमा लिनुहुँदैन ।
पश्चिमी मुलुकका नेताहरूको इजरायल समर्थक बयानले लामो समयदेखि हामी यस राष्ट्रको दिशाबारे असहज परिस्थिति सिर्जना भइरहेका छन् । जर्मनीका चान्सलर अङ्गेला मर्केलले २०११ मा इजरायलविरुद्ध संयुक्तको प्रस्ताव, जसलाई जर्मन र युएसले अभूतपूर्व रूपमा समर्थन गरेको थियो । जसमा विवाद विषयलाई रेखाङ्कन गरिएको थियो । पश्चिमी किनारमा इजरायली बस्ती बसोबास गर्ने कार्यक्रम रोक्न खोज्दा नेतान्याहूले ओबामा प्रशासनको सार्वजनिक रूपमा आलोचना गरेका थिए । नेतान्याहूको अर्को अदूरदर्शिता जब अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई मोर्चामा जीत दिलाएका थिए । जसले गर्दा उनको देश रिपब्लिकनसँग अधिक नजिक भएको थियो ।
ट्रम्पले इरानसँग मिलेर परमाणु सम्झौता रद्द गर्नुपरेको थियो । अमेरिकी दूतावासलाई विवादित सहर जेरुसलम स्थानान्तरित गरियो । फिलिस्तानहरूले अमेरिकी सहायतामा रोक लगाइदिए । अनि खाडीका अबर मुलुकसँग मिलेर इजरायल सम्झौताको निरीक्षण भयो । तर जतिबेला इजरायली पुलिसले इस्लामको तेस्रो पवित्र मन्दिरमा आक्रमण गरेपछि ट्रम्पको नजिकका मानिएका अरब शासकहरू चुप लाग्न सकेनन् । आफ्नो भ्याक्सिन कूटनीतिको दम्भले उत्साहित चीनले उक्त मुद्दामाथि हस्तक्षेप गर्यो ।
पश्चिमी युवा पुस्ताले श्वेत वर्चश्वसम्बन्धी अपराधबारे अध्ययन गरिरहेका छन् । उनीहरूले क्रुरता र अन्यायका सांगठानिक स्वरूपबारे सोधीखोजी गर्दै छन् । इजरायललाई स-सानो जस्तै देखिने गम्भीर प्रकारका अपराधहरू गरेको छ । धर्मयुद्धकै आह्वानका लागि मूर्तिहरू ढालिदिने, पाठ्यक्रम परिवर्तन गर्ने जस्ता गम्भीर प्रकारका कार्यहरू गरेको हो ।
विश्वका सबैखाले युद्ध अन्त्यका लागि सबै देशहरूले सामूहिक जिम्मेवारी लिनुपर्छ ।
ह्युमन राइट्स वाचको भर्खरैको रिपोर्ट मानवताविरुद्ध रंगभेद र अत्याचारका अपराधमा इजरायल नै दोषी रहेको खुलाएको थियो । युवा साहित्यकार टोनी जुडले २००३ मा नै यहूदी राष्ट्रको विचार घातक रहेको बताएका थिए । इजरायलले रकेट आक्रमणबाट आफ्नो देशलाई बचाउन पाउनु उसको दायित्व हो । तर, आफैँलाई विश्वबाट बचाउन कठिन छ ।
अब्राह्म सम्झौता : शान्त मध्यपूर्व
गत वर्ष १५ सेप्टेम्बरमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल, संयुक्त अरब इमिरेट्स र बहराइनबीच औपचारिक सम्बन्धको बाटो खोल्ने अब्राह्म सम्झौतालाई आफ्नो विदेश नीतिको सबैभन्दा ठूलो उपलब्धि भनेको थियो ।
ह्वाइट हाउसको एक समारोहमा उनले भनेका थिए, ‘हामी दशकौँको विभाजन र द्वन्द्वपछि नयाँ मध्यपूर्वको बिहान देखिरहेका छौँ । यी सम्झौताले युद्ध क्षेत्रभरि विस्तृत शान्तिको आधारका रूपमा काम गर्नेछ । तर, त्यसको आठ महिना नबित्दै उनको ठोकुवा हाँस्यास्पद बन्यो । जसलाई इजरायल र प्यालेस्टाइनबीच द्वन्द्वले स्पष्ट पार्छ । यस क्षेत्रमा हालसम्म शान्ति स्थापना भएको छैन । न त नयाँ मध्यपूर्व नै आएको छ । ‘अब्राह्म एका‘र्ड’ले यमन, सिरिया, लिबिया वा वेस्ट बैंक (यो इजरायल र जोर्डनको बीचमा रहेको) र गाजापट्टि बीचको अन्तर्निहित द्वन्द्व रोक्न केही गरेको छैन ।
वर्तमान द्वन्द्वका कारण इजरायल हो भन्ने कुरा इजरायल समर्थकहरूले स्वीकार्नुपर्छ । पूर्वी जेरुसेलम र पश्चिम बैंकको जग्गा निरन्तर कब्जा गर्दै गएको छ । ट्रम्पको समयमा पश्चिमी तटमा इजरायलीहरूका लागि ९ हजार २०० भन्दा बढी घरहरू निर्माण गरिएका थिए । उता, प्यालेटाइनलाई समेत असहयोग गरे । ट्रम्पले एकतर्फ इजरायलको रणनीतिक पठार गोलान ह्वाइट्स कब्जा गर्ने कदमलाई मात्र समर्थन गरेनन् । तर प्यालेस्टाइनको अमेरिकी सहयोगमा समेत रोक लगाए ।
जसकारण समस्या झन् जटिल बन्यो । जब ट्रम्पले अमेरिकी दूतावास तेलअभिबबाट जेरुसेलम बनाइयो । त्यसबेला दुई राज्य युद्धको दलदलबाट निस्कने एकमात्र आधार भएको निश्चित गरिएको थियो । तर कुनै पनि हमास, प्यालेस्टाइनका अधिकारीहरू र इजरायल शान्तिका लागि हल्का बलिदान समेत गर्न तयार छैनन् । हमास २०१७ को अमेरिकाले आफ्नो बडापत्र संशोधन गरे पनि इजरायललाई जराबाटै नष्ट गर्ने भन्नेमा अडिग छ ।
कहिल्यै अन्त्य नहुने द्वन्द्वमा बाइडन प्रशासनले तनाव कम गर्न कदम चाल्न सक्ने अपेक्षा छ । इजरायमा नयाँ राजदूतको नियुक्ति र प्यालेस्टाइनसँग वार्ता गरेर युद्ध रोक्ने अपेक्षा छ । तर, दुःखको कुरा आदिम युग जस्तो हिंसाको भयानक खेल एक्काइसौँ शताब्दीको संसारमा खेलिँदै छ । हिंसाको साथ समस्याहरूको सामना गर्ने प्रवृत्ति बढ्दो छ । सभ्यताको विकासका साथै विश्वलाई यो विकृति प्रवृत्तिबाट मुक्त गर्नुपर्छ । तर देश र समाजका विभिन्न वर्गहरूबीच भाइचारा र सद्भावको सट्टा कुण्डलीद्वारा हिंसा भएको छ ।
सबैभन्दा दुःखलाग्दो कुरा के छ भने, संयुक्त राष्ट्र संघलगायत ठूला देशहरूले इजरायल र प्यालेस्टाइनबीच चर्किएको द्वन्द्वको आगो निभाउन पहलसमेत गरेका छैनन् । यसको सट्टा तिनीहरू पक्षमा झुलिरहेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू आइतबार एक ट्वीटमा संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, साइप्रस, जर्जिया, जर्मनी, इटाली, युक्रेन ‘समर्थन’का लागि २५ देशलाई देखाइएको कृतज्ञताले केही ठूला देशहरूका लागि हिंसा गुटबन्दीवाद पनि देखाउने प्रवृत्ति अवसर जस्तै बनेको छ । जबकि जारी युद्धको स्थायी समाधानको आवश्यकता निष्पक्ष र तटस्थ रहेको छ ।
नेपाल सरकार र यहाँका नेताहरूले आफ्नो प्रतिक्रिया दिएका छैनन् । तर, संयुक्त राष्ट्रका लागि भारतका स्थायी प्रतिनिधि, टी.एस. ट्रिनिटीले मे ११ तारिखको सुरक्षा परिषद् बैठकमा शान्ति वार्ता पुनः स्थापनामा जोड दिँदै सबै पक्षले संयम राख्नुपर्ने तर्क गरेका थिए । पछिल्लो हिंसाप्रति भारत सरकारले आधिकारिक प्रतिक्रिया दिएको छैन् ।
सुरक्षा परिषद् बैठकमा २०१६ मा प्रस्तुत प्रस्ताव नम्बर २३३४ लाई जोड्न जोड दिइएको थियो । संयुक्त राष्ट्र संघले शान्ति टोलीमा आफ्ना टोलीहरू पठाउनुपर्छ र मध्यपूर्वमा हिंसाका अँध्यारा सुरुङहरू ध्वस्त पार्नुपर्छ । सबै देशहरू हाल कोरोनासँग युद्ध गरिरहेका छन् । यससँगै विश्वका सबैखाले युद्ध अन्त्यका लागि सबै देशहरूले सामूहिक जिम्मेवारी लिनुपर्छ ।