• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओलीलाई महन्थको प्रश्न : आफ्नोमात्रै ‘गर्जो टार्ने कि’ माग पनि पूरा गर्ने ?

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०७८, मंगलवार १३:५४
  • ३०८९

    वीरगंज ।। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रयास थालेका छन् । आफ्नो पार्टीको असन्तुष्ट पक्षका सर्त मान्न लचिलो देखिएका प्रधानमन्त्री ओली जनता समाजवादीको एउटा पक्षको विश्वासमा बाँकी कार्यकाल प्रधानमन्त्री चलाउने रणनीतिमा छन् । त्यसैले उनले जनता समाजवादीका नेताहरु र पार्टीभित्रको असन्तुष्ट पक्ष दुवैसँग छलफल बढाएका छन् ।पार्टीभित्रको नेपाल–खनाल समूहलाई अदालतको फैसलाअनुसार एमालेलाई ०७५ जेठ २ कै अवस्थामा फर्काउन तयार नभएर विभाजन नजिक पु¥याएका उनले अहिले त्यही अवस्था स्वीकार्ने आश्वासन दिएर कार्यदल गठन गरेका छन् ।

    उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई पनि विश्वासमा लिन प्रयास थालेका छन् । विगतमा निर्वाचन गराउने इच्छा राख्दै आएका प्रधानमन्त्री ओलीले अहिले भने बाँकी कार्यकाल प्रधानमन्त्री हुने इच्छा जाहेर गर्न थालेको जसपाका नेताहरु बताउँछन् ।“विगतमा प्रधानमन्त्रीमा निर्वाचनको तीव्र इच्छा देखिने गरेको थियो, अहिले प्रधानमन्त्रीलाई बाँकी कार्यकाल प्रधानमन्त्री चलाउने इच्छा बढेको देखिन्छ,” जसपाका एक नेताले भने, “दक्षिणी छिमेकीले पनि उहाँको इच्छाअनुसार नै सहयोग गर्ने संकेत देखिँदै छ ।”

    छिमेकीको इच्छाले उहाँ कसरी टिक्नु हुन्छ भन्ने प्रश्नमा जसपाका ती नेताले भने, “दक्षिणी छिमेकी भारतको इच्छा पूरा गरिदिने नेताहरु जसपासहित सबैजसो दलमा छन् । त्यसैले उसले चाह्यो भने प्रधानमन्त्री ओलीले पूरा कार्यकाल काम गरेर अर्को चुनाव गराउन पाउँछन् ।” ती नेताको भनाइसँग मिल्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको जसपाले वैकल्पिक सरकार निर्माणमा पनि भाग नलिएपछि पुनः ओली नै प्रधानमन्त्री नियुक्त भएका छन् ।

    संविधानको धारा ७६ (३) अनुसार ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् ।

    वैकल्पिक सरकार निर्माणमा भाग नलिएका कारण पुनः प्रधानमन्त्री नियुक्त भएपछि ओलीले आइतबार साँझ जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई बालुवाटार आमन्त्रण गरेर धन्यवाद दिएका छन् । प्रधानमन्त्रीले धन्यवादका लागि गरेको आमन्त्रणमा अध्यक्ष ठाकुरले भने प्रधानमन्त्रीलाई केही प्रश्न गरेको एक नेताले बताए ।उनले विश्वासको मत पाउने नपाउने विषय प्रधानमन्त्रीकै हातमा रहेको जवाफ दिएका छन् ।

    “तपाईं आफ्नो मात्र गर्जो टार्नु हुन्छ कि हाम्रा माग पनि सम्बोधन गर्नुहुन्छ ?,” ओलीलाई ठाकुरले गरेको प्रश्नबारे ठाकुर निकटका नेता डा. सुरेन्द्र झाले बाह्रखरीसँग भने, “तपाईं हाम्रा माग सम्बोधन गर्नुहुन्छ, विश्वासको मत पाउनुहुन्छ, गर्नुहुन्न भने अब आश्वासन दिएर हुँदैन । चेक पाएर हामी विश्वासको मत दिन सक्दैनौ ।”

    डा. झाले ओलीले अबको ५–१० दिनभित्रमा माग सम्बोधन नगरे विश्वासको मत नपाउने बताए ।“मधेसका माग पूरापूर सम्बोधन भएनन् भने ओलीजीले विश्वासको मत पाउन सक्नुहुन्न, हामीले स्पष्ट कुरा राखिसकेका छौँ,” नेता झाले भने, “उहाँले अहिलेको अवस्थामा विश्वासको मत लिनुको साटो चुनाव घोषणा गरेर मुर्ख ठहरिन चाहनुहुन्छजस्तो मलाई लाग्दैन ।” झाले ओलीले पुनः चुनाव घोषणा गरे पनि कोरोनाभाइरसको महामारीका कारण चुनावको सुनिश्चितताका विषयमा प्रश्न उठ्ने बताए ।
    वैशाख ३० मा नियुक्त भएर ३१ गते पुनः सपथ लिएका प्रधानमन्त्री ओलीले संविधानअनुसार त्यसको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ ।
    विगतमा प्रधानमन्त्रीमा विश्वास नदिए निर्वाचनमा जाने हो भन्दै आएका प्रधानमन्त्री ओलीले जसपा नेताहरुसँगको पूरा कार्यकाल चलाउने इच्छा देखाइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑