कलैया । कलैयामा दुई बालकको घाटी रेटि हत्या गरिएका छ । कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।
स्थानीयहरुका अनुसार ऊनीहरुको शव आज बिहान मादर्शामा भेटिएको हो । दुई बालक हिजो साझ खेल्न गेएको बेला हिजै देखि बेपत्ता थिए । स्थानीयका अनुसार एक जना ९ वर्षका उशमान अन्सारी र अर्का एक जना ७ वर्षका अमिन अन्सारी रहेका छन् ।
अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्र साहित टोलि घटना स्थलमा पुगेको छ । शव पोस्टमार्टमको लागि पठाउने तयारी भैरहेको छ । थप विवरण आउँन बाँकी ।