वीरगंज । वीरगंजमा अक्सिजन प्लान्ट स्थापनाको लागि सोमवार निखिल ज्वेलर्सले नगद सहयोग गरेको छ । अक्सिजन प्लान्टको निर्माणका लागि वीरगंज महागरपालिकालाई निखिल ज्वेलर्सले २५ हजार रूपै”या सहयोग गरेको हो ।
कोभिडका बिरामीहरुको उपचारमा सहजताका लागि महानगरले अक्सिजन प्लान्ट स्थापना गर्न लागेको छ । सोमवार निखिल ज्वेलर्सका सञ्चालक उपेन्द्र सर्राफले महानगरापलिका कार्यालय पुगेर नगर प्रमुख विजय कुमार सरावगीलाई २५ हजारको चेक हस्तान्तरण गरेका हु्न् ।
सर्राफले अक्सिजनको अभावमा दैनिक बिरामीहरूको मृत्यु भईरहेको खबरले आफुलाई निकै विचलीत बनाउने गरेको बताए । वीरगंजमा अक्सिजन प्लान्ट स्थापना भएस”गै बिरामीहरूको उपचार प्रभावकारी हुने विश्वासका साथ सहयोग उपलब्ध गराएको जिकिर गरे ।
आईतवार नेशनल ईन्फोटेक कलेजले पनि महानगरलाई ५१ हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।