• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुख्यमन्त्री शाहीले विन्दमान विष्टलाई सपथ नखुवाइ किन गरे बर्खास्त ?

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०७८, सोमबार ०९:५४
  • ३१२९

    सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही दिन अघि माओवादी केन्द्रका तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गरे। विमला केसी र नरेश भण्डारीलाई राजीनामा दिन लगाएर उनले आफ्नै पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । तर, बिहीबार गरिने भनिएको मन्त्रीको सपथ ग्रहण कार्यक्रम स्थगित भयो । शुक्रबार पुन:मन्त्रिमण्डल गठन गरेर मुख्यमन्त्री शाहीले चार मन्त्रालय आफैसँग राखे र नियुक्त गरिएका तीनै जना सपथ खान नपाउँदै बर्खास्त गरिए ।

    जसको मुल कारण काँग्रेस थियो । शाहीलाई संसदमा विश्वासको मत दिनु पहिला नै दुई मन्त्रालय र आलोपालोमा सरकार बनाउने सहमति थियो  । काँग्रेस संसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाहीले रातोपाटीलाई भने, अहिले आएर मुख्यमन्त्रीले धोका दिन खोज्नुभयो ।  हामीले उतिबेला भएको सहमति अनुसार दुईवटा मन्त्रालय मागेका हौँ ।

    काँग्रेसले दुईवटा मन्त्रालय माग गरेपछि  मुख्यमन्त्री शाहीलाई फसाद पर्यो । उनले समीकरण मिलाउन फेरि नियुक्त गरिएका तीनै मन्त्रीलाई बर्खास्त  गर्नुपर्यो । शाहीलाई काँग्रेस मात्र हैन पार्टी भित्रैका केन्द्रीय तहका नेताको उत्तिकै दबाब थियो । आइतबार साँझ शाहीले  मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। जसमा शक्ति बस्नेतका नजिकका पात्र मानिएका विन्दमान विष्टलाई व्याक गरिएको छ ।

    बुधबार गुट उपगुटबाटै आन्तरिक मामिला तथा कानुन मन्त्रीमा  विष्टलाई नियुक्त गरिएको थियो। उक्त, मन्त्रालय आइतबार जलस्रोत मन्त्रीको जिम्मा पाएकी सीताकुमारी नेपालीलाई  दिइएको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयमा  जनार्दन शर्माका भाइ गोपाल शर्मालाई नियुक्त गरिएको छ ।
     उनलाई बुधबार पनि सोही मन्त्रालयको जिम्मा दिइएको थियो । मुख्यमन्त्री शाहीलाई जनार्दन शर्मा र शक्ति बस्नेतको दबाब थियो, आ आफ्नो पक्षका सांसदलाई मन्त्री बनाउने । यसअघि विमला केसीलाई पनि शर्माकै दबाबमा मन्त्री बनाइएको स्रोतको दावी छ ।

    केसीलाई मुख्यमन्त्री शाहीले केही समय अघि नै राजीनामा दिन दबाब दिएपनि शर्माको दब-दवाबले केसीले राजीनामा दिएकी थिइनन् । यसको मुख्य कारण भनेको जनार्दन शर्मा एक मन्त्रालय रुकुम पश्चिमले पाउनुपर्ने अडानमा थिए ।

    अहिले केसीलाई राजीनामा दिन लगाएर आफ्ना भाइलाई मन्त्री बनाउनमा उनले  मुख्यमन्त्री शाहीलाई दबाब दिएपछि शर्मा पुन मन्त्रीमा सुरक्षित बन्न सके भने विन्दमान विष्टले व्याक हुनुपर्यो । मुख्यमन्त्री शाहीले प्रदेशमा समावेशी सरकार बनाउन हर प्रयास गरेपनि केन्द्रीय स्तरका नेताको दबाब भने खेपि रहनुपरेको छ ।

    जसका कारण विश्वासको मतको उनले हलो जोत्न सकिरहेका छैनन् । एकातिर काँग्रेस र अर्कोतिर आफ्नै पार्टीका केन्द्रीय नेताहरुको दवाबले शाहीले अधिकांश समय समीकरण मिलानमै वितेको छ भने प्रदेशको  कामकाज तर्फ कुनै ध्यान दिन सकिरहेको छैन ।

    केही समयअघि पनि मुख्यमन्त्री शाहीले नचाहँदा नचाहँदै जनार्दन शर्माको दबावमा राजनीति सल्लाहाकार भीम प्रकाश शर्मालाई  काखी च्याप्नु परेको थियो ।

    यसरी केन्द्रीय स्तरका नेताले प्रदेशमा हस्तक्षेप गरिरहेका छन् । मुख्यमन्त्री शाहीको सरकार काँग्रेसको सहयोगबाट जोगिएको थियो । त्यस कारण पनि नयाँ गठित मन्त्रिपरिषदमा काँग्रेसलाई दुई मन्त्रालय दिनुपर्ने बाध्यता शाहीलाई थियो ।

    छ महिनापछि मुख्यमन्त्रीको कुर्सीमा नेपाली काँग्रेसका जीवन शाहीलाई राख्ने सम्झौता छ । उक्त भागबण्डा र सम्झौता नमिलेपछि बुधबार नयाँ मन्त्रीहरु बर्खास्त हुन पुगेको स्रोत बताउँछ । अब, काँग्रेसले सामाजिक विकास मन्त्रालय र जलस्रोत मन्त्रालय पाउँने छ । तर,काँग्रेसले कसलाई मन्त्री बनाउने टुंगो भने लगाइसकेको छैन् ।

    मुख्यमन्त्रीको कुर्सी जोगाइ दिने एमाले माधव नेपाल समूहका तीनजनाले मन्त्री  पद उपहार पाइसकेका छन् । कोरोना महामारीले कर्णालीमा तीव्र रुप लिँदै गएका बेला कर्णालीमा रोकथाम भन्दा सत्ताको लडाइ भने उत्कर्षमा पुगेको छ । कर्णालीमा सत्ताको लडाइले महामारी रोकथाममा नेताहरुको ध्यान नपुगेको आम गुनासो छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑