वीरगञ्ज । पर्सामा कोरोना सङ्क्रमणको दर घट्न थालेको छ । जिल्लामा विगत दुई दिनदेखि सङ्क्रमित थपिने सङ्ख्या घट्दै गएको हो ।पर्सामा शनिबार ५८ र आइतबार ८८ गरेर जम्मा १ सय ४६ जना कोभिडका नयाँ सङ्क्रमित भेटिएका छन् ।आइतबार २ सय ८८ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा पर्साका ८८ जनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । पहिला उतिकै परिक्षण हुँदा एक दिनमा १ सय ५० जना भन्दा बढीसम्म सङ्क्रमित भेट्ने गरेका थिए ।
आइतबार गरिएको परिक्षणमा २० जना बारा, १३ जना रौतहट, २ जना सर्लाही र १ जना धनुषाका बासिन्दामा पनि सङ्क्रमण देखिएको डा. दासले जानकारी दिए ।डा. दास अनुसार थपिएका सङ्क्रमितहरुको उमेर समूह ९ वर्षदेखि ७७ वर्षसम्म रहेको छ भने उनीहरुको सिटि भ्यालु १६.४ देखि ३५.५ सम्म रहको छ ।