वीरगञ्ज। पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ मा १३ जनाको ऐन्टिजेन परीक्षण गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले ग्रामिण क्षेत्रमा पनि संक्रमण फैलिएको हुँदा चेन ब्रेक गर्ने अभिप्रायले परीक्षणलाई तिव्रता दिएको हो ।यसअघि वडा नम्बर १ मा परीक्षण गरेको गाउँपालिकाले आइतवार वडा नम्बर २ मा परीक्षण गरेको स्वास्थ्य शाखा संयोजक राजेश रौनिरायले बताए । रौनियारका अनुसार १३ जनाको एन्टिजेन परीक्षण गर्दा १ जना पुरुषमा संक्रमण पुष्ठि भएको छ ।
गाउँपालिकाका स्वास्थ्यकर्मी प्रभात साह र रुपनारायण साहले ऐन्टिजेन परीक्षण गरेका थिए । आइतवार संक्रमण पुष्ठि भएका पुरुषलाई महुवनमा गाउँपालिकाले स्थापना गरेको संस्थागत आइसोलेसन सेन्टरमा राखिएको छ ।आइतवार एकजना थपिएसँगै हाल उक्त आइसोलेसनमा ७ जना संक्रमित उपताररत छन् । आइसोलेसनमा उपचाररत संक्रमितहलाई निःशूल्क रुपमा खाना, खाजा तथा औषधीहरु गाउँपालिकाले नै उपलब्ध गराइरहेको गाउँपालिका अध्यक्ष प्रदिप कुमार जैसवालले बताए ।
गाउँपालिकाले स्थापना गरेको आइसोलेसनमा १ जना चिकित्सक र ६ जना स्वास्थ्यकर्मीहरुले उपचार गरीरहेको अध्यक्ष जैसवालले बताए । गाउँपालिकाले सोमवा ३ वटा वडामा परीक्षण गर्ने तयारी गरेको छ ।स्वास्थ्य शाखा संयोजक रौनियारका अनुसार वडा नम्बर ५ महुवनमा सोमवार बिहान ८ बजे, वडा नम्बर ३ कौवाबनकटैयामा बिहान ११ बजे र वडा नम्बर ४ देवरबानामा दिउँसो १ बजे परीक्षण गरिने छ ।