• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खाडी मुलुकलगायतका श्रम गन्तव्यमा नेपालीलाई प्रवेश रोक

  • वीरगंज संजाल
  • २ जेष्ठ २०७८, आईतवार १६:३५
  • ४६६१

    वीरगंज | नेपालमा कोरोना महामारी तीव्र रूपले बढेपछि अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोकसँगै श्रम स्वीकृति लिएर बसेकाहरू रोकिएका छन् । नेपालको प्रमुख श्रम गन्तव्य मुलुकहरू मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानसहितका देशले तत्काल नेपालका नागरिकलाई आफ्नो देश प्रवेश गर्न रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण दर  उच्च बन्दै गएपछि ती देशले नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई पनि प्रवेशमा रोक लगाएका हुन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारको पछिल्लो निर्णयले कूटनीतिक र सरकारी राहदानी भएका बाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन् । यूएईले बुधबारदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि नेपालीलाई प्रवेशमा रोक लगाएको यूएईस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    तर यता वैदेशिक रोजगार विभागले भने ती मुलुकबाट रोकिएको नभई नेपालले नै रोकेको जनाएको छ । चार्टर्ड उडानमा आउनेहरू आइरहेका विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी बताउँछन् । रातोपाटीसँग कुरा गर्दै दवाडीले भने, ‘उता ल्यान्ड गर्न नदिएको भन्ने जानकारी हामीलाई अहिलेसम्म आएको छैन । हामीले श्रम स्वीकृति दिएपछि सामान्यतया तीन महिनाभित्र उड्ने हो ।’

    यूएई सरकारले पनि बुधबारदेखि नेपालीको प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । त्यसैगरी कुवेत सरकारले पनि नेपालसहित चार देशबीच हुने व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

    कुवेतस्थित नेपाली दूतावासले कुवेतको मन्त्रिपरिषद् निर्णयलाई उद्धृत गर्दै भनेको छ–‘नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडानबाहेक सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

    तीन महिनभित्र जान नपाए भिसा रद्द, उद्धारको योजना छैन

    अन्तर्राष्ट्रिय उडान बन्द भएपछि करार अवधि सकिएका र घर बिदामा फर्कन टिकट लिएका श्रमिकले टिकटको अवधि सकिन लागेको भन्दै सम्बन्धित देशमा रहेका दूतावाससँग हारगुहार गर्न थालेका छन् ।

    तर यता विभागले भने उद्धार गर्नुपर्ने कुनै पनि गुनासो नआएकाले उद्धारको व्यवस्था नभएको जनाएको छ । यदि शव ल्याउनुपर्ने भयो भने त्यसका लागि समेत सरकारले तत्काल कुनै रणनीति बनाएको छैन । श्रम मन्त्रालयले भने टिकट लिएका, रोजगारी गुमाएका र रोजगारीका क्रममा मृत्यु भएका श्रमिकलाई स्वदेश फर्काउने विषयमा छलफल भइरहेको जनाएको छ ।

    हवाई यात्रामा प्रतिबन्ध लगाउँदा ५० हजारभन्दा धेरै नेपाली प्रभावित हुने मुख्य रोजगारदाता देशमा रहेका कूटनीतिक नियोगले जानकारी दिएका छन् । वैदेशिक रोजगार कार्यालय ताहाचलका अनुसार वैशाखमा मात्रै २४ हजार ३ सय ६३ जनाले श्रम स्वीकृति लिएको सूचना अधिकारी छत्र शाहीले बताए  ।

    वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएकाको अवधि सामान्यतया तीन महिनाको हुने  जनाएको छ । विभागका महानिर्देशक दवाडीका अनुसार यदि श्रम स्वीकृति लिएर ३ महिनाभित्र नगए भिसा रद्द हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑