• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेनाले गर्‍यो द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता

  • वीरगंज संजाल
  • १ जेष्ठ २०७८, शनिबार २०:३८
  • ३८१३

    वीरगंज | नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजका सुरुङ निर्माणका लागि सम्झौता गरेको छ । सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरीङ कर्पाेरेशन लिमिटेड र प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग शुक्रबार ठेक्का सम्झौता भएको हो ।पहिलो प्याकेज करीब रु २१ अर्ब ६१ करोड र दोस्रो रु २८ अर्ब ५३ करोड बराबरको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटा–छोटा दुई सुरुङ हुने छन् ।

    सम्झौतापत्रमा द्रुतमार्गतर्फबाट आयोजना प्रमुख एवं सहायकरथी विकास पोखरेल तथा निर्माण कम्पनीका तर्फबाट प्याकेज एकका लागि कार्यकारी निर्देशक सु यान र प्याकेज २ का प्रोजेक्ट प्रबन्धक प्रमुख झु तीनग्यु बारबराले हस्ताक्षर गरे ।सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक नियमावली २०६४ को परिधिभित्र रही जारी गरिएको आशयपत्रमा सात दिनसम्म कसैको उजूरी नपरे तथा १५ दिनभित्र सम्झौता गर्नुपर्ने प्रावधानानुसार बैंक ग्यारेन्टीसहित दुवै कम्पनी आएपछि ऐन र नियमावलीअनुरुप सम्झौता गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशक पौडेलले बताए ।

    सेनाले पूर्णरुपमा पारदर्शी ढंगले सार्वजनिक खरीद ऐनको दफा र प्रावधानमा टेकेर सम्झौता प्रक्रिया सम्पन्न गरिएको जनाएको छ । सम्झौताबमोजिम निर्माण कम्पनीलाई छ महिना डिजाइन अवधि र तीन वर्ष निर्माण समय प्रदान गरिएको छ । आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न सेनाले बनाएको ११ क्लष्टरमध्ये बाँकी नौ क्लष्टरका ठेक्का अघि बढ्ने जानकारी दिइएको छ । त्यसपछि समानान्तररुपमा सबै कामले एकै चोटि गति लिने छ ।

    प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले भने उक्त ठेक्का सार्वजनिक खरीद ऐनको प्रस्तावना विपरीत रहेको जनाउँदै रद्द गर्ने निर्देशन दिएको थियो । समितिको निर्देशनपछि सेनाले संसदीय समितिलाई सबै काम पारदर्शी ढंगबाट अघि बढेको जनाउँदै निर्णयमा पुनःविचार गर्न मन्त्रालयमार्फत अनुरोध गरेको थियो । आयोजना अघि बढाउने सन्दर्भमा खरीद प्रक्रियामा गइसकेका हुनाले ठेक्का रद्द भएमा पर्न सक्ने प्रभावबारे पनि स्पष्ट पार्दै सेनाले पुनर्विचार गर्न पत्राचार गरेको छ ।

    यसअघि सेनाले समितिबाट माग भएका सम्पूर्ण कागजातसहित उपस्थिति भई आयोजनाको प्रगति र ठेक्का सम्बन्धमा लिइएको निर्णयबारे जानकारी गराएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभा मातहतका अरु दुई समितिलाई पनि आयोजनाबारे जानकारी गराउँदै सेनाले स्थलगत निरीक्षण गराएपछि आयोजनालाई अघि बढाउन निर्देशन दिएका थिए ।
    हालसम्मको समग्र प्रगति ११ दशमलव ११ रहेको उक्त आयोजनाको चालु आर्थिक वर्षको अन्त्यसम्म १६.२१ पु¥याउने लक्ष्य छ । चार लेनको ७२.५ किमी लम्बाइको द्रुतमार्गमा पहाडमा २५ र तराईमा २७ मिटर चौडाइ रहने छ जसमा ८७ पुल रहने छन् ।

    एशियाली राजमार्गको मापदण्डका आधारमा बनाइन लागेको द्रुतमार्गको निर्माणपछि मध्य र पूर्वी तराईबाट काठमाडौँ उपत्यकामा आवतजावत गर्न सडक यातायातको दूरी उल्लेख्यरुपमा घट्ने छ । ललितपुरको खोकनाबाट शुरु भई बाराको निजगढमा पूर्वपश्चिम राजमार्गमा मिल्ने उक्त राजमार्ग निर्माण नेपाली सेनाको व्यवस्थापनमा भइरहेको छ । राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्वको द्रुतराजमार्गले मुलुकको आर्थिक विकासमा कायपलट ल्याउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑