वीरगंज । बैशाख १५ गते पर्सामा १ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भयो । त्यसपछि स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा लागु गर्यो । निषेधाज्ञा लागेकै दिन बैशाख १६ गतेका यहाँ १ सय ३१ जना सङ्क्रमित भेटिए ।
त्यसपछि बैशाख १७ गते १५१ र बैशाख १८ गते १०९ जना सङ्क्रमित थपिएको नारायणी अस्पतालले दिएको तथ्यांकमा उल्लेख छ । त्यस्तै बैशाख १९ गते भने जम्मा ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित थपिएको सङ्ख्या घटेको देखिएपनि त्यसको कारण भने परिक्षण नै कम हुनु हो । त्यसैगरी बैशाख २० गते पनि परिक्षण घट्दा जम्मा ८७ जना संक्रमित भेटिएका थिए ।बैशाख २१ गते परिक्षण गरिनेको सङ्ख्या बढ्दा सङ्क्रमितपनि बढेका थिए ।
त्यस दिन १३३ जनामा सङ्क्रमण पुष्टि भएको अस्पताल तथ्यांकले देखाएको छ ।त्यसतै बैशाख २२ गते १०९, २३ गते १०७, २४ गते १०५, २५ गते ६४, २६ गते ११५, २७ गते ११०, २८ गते ५४, २९ गते ६९, ३० गते ११४ र ३१ गते ९९ मा सङ्क्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको अभिलेख अनुसार जिल्लाको कुलमध्ये सदरमुकाम वीरगञ्जमा सबैभन्दा धेरै नयाँ सङ्क्रमित थपिए दर उच्च छ ।