वीरगंज। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि निजी क्षेत्रसँग छलफल गरेर अगाडि बढ्ने भएका छन् ।
शनिवार दिउँसो ४ बजे प्रधानमन्त्री निवासमा निजी क्षेत्र तथा विज्ञहरूसँग प्रधानमन्त्री ओलीले छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लोकान्तरलाई जानकारी दिए ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट नेपालमा फैलिएसँगै प्रधानमन्त्री ओलीले पहिलो पटक निजी क्षेत्र र विज्ञसहितको टोलीसँग छलफल गर्न लागेका हुन् ।
यस अघि प्रधानमन्त्री ओलीले गत असार र भदौमा पनि उनीहरूसँग छलफल गरेका थिए ।