हेटौंडा | हेटौंडा अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा–४ की ७३ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । उनको शनिबार बिहान उपचारको क्रममा अस्पतालको आइसियुमा मृत्यु भएको हो ।
गत बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएकी मृतक महिला स्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि वैशाख ३० गते हेटौंडा अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएकी थिइन् । त्यस्तै शुक्रबार साँझ मकवानपुरको राक्सिराङ गाउँपालिकाले संचालन गरेको कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर–५ की महिलाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
शुक्रबार हेटौडाका अस्पतालमा वेड र अक्सिजन अभाव भएपछि मृतक महिलालाई गाउँपालिकाको कोभिड अस्पतालमा पठाइएको थियो । उक्त अस्पतालमा पु¥याएलगत्तै उनको मृत्यु भएको थियो ।