भारत | भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ४२ हजार ८९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको राजधानी दिल्लीमा पछिल्लो २४ घन्टामा ८ हजार ५ सय ६ संक्रमित थपिएका छन्।शुक्रबार ३ लाख ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ। यो संगै मृतकको संख्या २ लाख ६६ हजार २२९ पुगेको छ ।
भरतमा अहिले सक्रिय संक्रमितको संख्या ३६ लाख पुगेको छ । भारतमा हालसम्म संक्रमित हुनेको संख्या २ करोड ४३ लाख ७२ हजार २४३ रहेको छ ।
विगत चारयता संक्रमितको संख्या लगातार निको हुनेकोभन्दा कम आउनुले संक्रमण दर कम हुँदै जाने विश्वास स्वास्थ्य विज्ञहरूले लिएका छन्। दश राज्यमा निको हुनेको संख्या ७१.१६ प्रतिशत रहेको मन्त्रालयले देखाएको छ।यस्तै २ करोड ४ लाख २६ हजार ३२३ संक्रमित निको भएका छन् ।