• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिड नेपाल: महामारीसँग जुध्न कस्तो अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको छ?

  • वीरगंज संजाल
  • ३१ बैशाख २०७८, शुक्रबार १५:५१
  • ४९६५

    वीरगन्ज । नेपालमा कोरोनाभाइरसमहामारी आक्रामक रूपमा फैलिरहेको भन्दै प्रमुख अन्तर्राष्ट्रिय दातृ निकायहरूले अक्सिजनसहित अत्यावश्यक स्वास्थ्य सामग्रीको सहायता उपलब्ध गराउने बताएका छन्।

    यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटेनको एउटा प्रमुख अखबारमा लेख प्रकाशित गर्दै कोरोनाभाइरसको महामारी नियन्त्रणभन्दा बाहिर जान थालेकाले अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका थिए।

    बिहीवार अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डले कोभिड १९ महामारीका कारण नेपालमा देखा परेको अक्सिजन समस्या समाधान गर्नका लागि ३२ करोड रुपियाँ भन्दा बढीको सहायता प्रदान गर्ने जनाएको छ। उक्त सहयोग अक्सिजन उत्पादन प्लान्ट, तरल अक्सिजन भण्डार गर्ने ट्याङ्क र सिलिन्डरहरूका लागि खर्च हुने अमेरिकी दूतावासले ट्विटरमार्फत जनाएको छ।

    संयुक्त राज्य अमेरिकाको सिनेटको अन्तर्राष्ट्रिय मामिला हेर्ने कमिटीमा बुधवार नेपालको ताजा अवस्थाबारे चर्चा गरिएको थियो।

    युरोपेली सङ्घ ईयूले प्रारम्भिक सहयोगमा २८ करोड रुपियाँभन्दा बढीको सहायता सामग्री उपलब्ध गराइने जनाएको छ।

    कोभिड-१९को उपचार, परीक्षण लगायतमा चाहिने अत्यावश्यक सामग्री जुटाउन सरकारले प्रयास अघि बढाएपछि त्यसबारेमा आफूहरूले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग छलफल गरिरहेको काठमाण्डूस्थित कतिपय दूतावासहरूले प्रतिक्रिया दिएका छन्।

    ‘प्रत्येक मिनेट ज्यान गइरहेकोमा चिन्ता’

    युरोपेली सङ्घका तर्फबाट यसै साता जारी गरिएको विज्ञप्तिमा सङ्कट व्यवस्थापन सम्बन्धी आयुक्त यानेज लेनारचिचले फिनल्यान्ड सरकारले तत्काल सहयोगको प्रस्ताव गरेको, आपत्कालीन सहयोग परिचालन गरिएको र थप सहयोग उपलब्ध गराउन तयार रहेको जनाइएको छ।

    उनले भनेका छन्, “नेपालमा कोभिड-१९ देशभर फैलिरहँदा यसले प्रत्येक मिनेट थप मानिसको ज्यान लिइरहेको छ। महामारी विरुद्धको नेपालको लडाइँमा हामी पूर्ण ऐक्यबद्धता जनाउँदै उभिएका छौँ।”

    औषधि

    उनले भनेका छन्, “नेपालमा कोभिड-१९ देशभर फैलिरहँदा यसले प्रत्येक मिनेट थप मानिसको ज्यान लिइरहेको छ। महामारी विरुद्धको नेपालको लडाइँमा हामी पूर्ण ऐक्यबद्धता जनाउँदै उभिएका छौँ।”

    आपत्कालीन सहयोग घोषणा गरिएको २० लाख युरोबाट नेपालका लागि अक्सिजन ग्यास सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, घरमा हेरचाहका लागि चाहिने सामग्री, परीक्षणका लागि आवश्यक एन्टीजन र व्यक्तिगत सुरक्षाका लागि आवश्यक सामाग्री उपलब्ध गराइने ईयूको विज्ञप्तिमा उल्लेख छ।

    त्यसमा फिनल्यान्ड सरकारले मास्क तथा पन्जा सहितका सामग्री सहयोग गर्ने उल्लेख गरिएको छ।

    अमेरिकी सिनेट कमिटीको सुनुवाइमा के भयो?

    अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सिनेटरहरूले नेपालमा मच्चिएको महामारीबारे छलफल गरेका थिए।

    सिनेटर क्रिश टर्फीले भारतबाट स्वास्थ्य सामग्री आपूर्ति हुन सक्ने अवस्था नरहेकाले नेपाललाई सहयोग आवश्यक रहेको भन्दै भारतजस्तै महामारीको खराब बिन्दुमा पुग्नबाट रोक्न नेपाललाई कस्तो मद्दत उपलब्ध गराउन सकिन्छ भनेर अमेरिकी सहायता निकायका अधिकारीलाई सोधेका थिए।

    त्यसको जफ दिँदै अमेरिकी सहयोग नियोग यूएसएडको कोभिड-१९ कार्यदलका निर्देशक जेरेमी एम कोनडाइकले नेपालमा आफ्नो टोलीसँग नियमित सम्पर्कमा रहेको र अहिलेको सङ्कटका लागि नेपाललाई थप १० मिलियन अमेरिकी डलर (१ अर्ब १८ करोड रुपियाँ) बराबरको सहायता उपलब्ध गराउन लागिएको बताए।

    कोरोनाभाइरस सङ्क्रमितको परीक्षण कम सङ्ख्यामा हुनु नेपालको समस्या भएको उल्लेख गर्दै उनले परीक्षणका लागि आवश्यक सामाग्रीहरू सहयोग स्वरूप उपलब्ध गराउने पनि जनाएका छन्।

    निर्देशक कोनडाइकले भारत जस्तै अहिले नेपाल उच्च प्राथमिकतामा रहेको बताएका थिए।

    यसै हप्ता बीबीसीलाई दिएको प्रतिक्रियामा अमेरिकी राजदूतावासकी प्रवक्ता एना रिची एलनले हालसम्म अमेरिकी सरकारले नेपाललाई कोभिड १९ महामारीसँग जुझ्न ५ अर्ब ३० करोड भन्दा बढी (४५ मिलियन अमेरिकी डलर) बराबरको सहयोग उपलब्ध गराइसकेको जनाउँदै नेपालले १०० वटा भेन्टिलेटर सहितका सामग्री प्राप्त गरेको जनाइन्।

    संयुक्त राज्य अमेरिका, ब्रिटेन, क्यानडा जस्ता देशका सरकारी निकायहरूलाई नेपाललाई सङ्कटको पछिल्लो घडीमा मद्दत गर्न ध्यानाकर्षण गराउँदै विभिन्न संघसंस्थाहरूले अनुरोध गरिरहेका छन्।

    सहयोगका लागि ब्रिटेनको ध्यानाकर्षण

    नेपाल ब्रिटेन एकेडेमिक काउन्सिलले बुधवार ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबलाई पत्र लेख्दै नेपालका अस्पतालहरू सेवा प्रवाह गर्न नसक्ने अवस्थामा पुग्न थालेको र अन्तर्राष्ट्रिय समुदायबाट पनि नगन्य मात्रामा सहयोग प्राप्त भएको भन्दै तत्कालै कदम चाल्न अपिल गरेको थियो।

    दुई देशका प्राज्ञहरूको संस्थाको उक्त अपिलमा नेपाललाई तत्कालै भेन्टिलेटर र अक्सिजन जस्ता सामग्री र खोप प्राप्तिमा सघाउन भनिएको छ।

    महामारीमा सम्भावित सहयोगबारे बीबीसीले गरेको प्रश्नमा काठमाण्डूस्थित ब्रिटिश राजदूतावासका एक जना प्रवक्ताले नेपालका लागि राष्ट्रसङ्घ समेतलाई जोडेर ६ अर्ब ६३ करोड बराबरको सहयोग उपलब्ध गराइएको र त्यो आवास, पोषण, राहत सामग्री सहितका क्षेत्रमा खर्च भएको बताएका छन्।

    त्यसबाहेक विश्व ब्याङ्क र एसियाली विकास ब्याङ्कसँग मिलेर खोप सहितको क्षेत्रमा खर्च गर्ने गरी करिब ३१ अर्ब ८४ करोड रुपियाँ बराबरको कोष खडा गरिएको र त्यसबाट नेपालको ‘प्राथमिकता परिपूर्ति होस’ भन्नका लागि आफूहरूले नजिकबाट काम गरिरहेको उनले बताए।

    चीन र भारतबाट सहायता

    चीन सहयोग

    तस्बिर स्रोत,RSS

    भारतले नेपाललाई दश लाख अक्सफर्ड आस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराएको थियो।

    त्यसैगरी नेपाली सेनालाई थप एक लाख खोप अनुदानमा र अन्य विभिन्न सामग्री उपलब्ध गराएको थियो।

    यसै हप्ता बेइजिङबाट चार सयवटा अक्सिजन सिलिन्डर र १० वटा भेन्टिलेटर विमानमार्फत भित्र्याएको सरकारले लगभग २० हजार सिलिन्डरसहित थप सामग्री प्राप्तिका लागि पहल गरिरहेको जनाएको छ।

    बेइजिङस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार थप ३१ सय वटा रित्तो सिलिन्डर प्राप्त हुने निश्चित छ र चीनले नेपाललाई थप सामग्रीको सूची उपलब्ध गराउन भनेको छ।

    त्यसबाहेक चीनमा निर्मित भेरोसेल खोपको २० लाख मात्रा खरिद गर्ने विषयमा पनि छलफल अघि बढेको छ।

    लम्सालका अनुसार चीनले सबै देशहरूलाई समान मूल्यमा उक्त खोप विक्री गर्ने बताएको छ।

    खोपको सम्भावित मूल्य नखुलाइएको भए पनि त्यो भारतमा उत्पादित अक्सफर्ड आस्ट्राजेनेका भन्दा महँगो हुने तर अन्यत्र प्रयोगमा आएका अनुमति प्राप्त अरू खोप भन्दा सस्तो हुने बताइएको छ।

    बिहीवार नेपालमा नागरिक स्तरबाट नेपालमा थप खोप, अक्सिजन सिलिन्डर र कोरोनाभाइरसको परीक्षणसँग सम्बन्धित सामाग्रीहरू उपलब्ध गराउन चीनलाई अनुरोध गर्दै अपिल जारी गरिएको छ। सन् २०१५ को विनाशकारी भूकम्पपछि र त्यसपछि नाकाबन्दीका समयमा चीनले पुर्‍याएको सहयोगका लागि आभार व्यक्त गर्दै ८३ जनाले जारी गरेको विज्ञप्तिमा जीवन रक्षाका लागि सहयोग गर्न अपिल गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑