• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै, मन्त्रीहरुको पनि शपथ

  • वीरगंज संजाल
  • ३१ बैशाख २०७८, शुक्रबार ०८:३९
  • १०५४५

    वीरगन्ज । संविधानको धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपतिद्वारा बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न पद तथा गोपनीयताको शपथ लिँदै छन् । शपथका लागि शीतल निवासमा एक विशेष समारोहको आयोजना गरिएको छ ।

    संसदमा विश्वासको मत लिन नसकेर पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले ३ दिनपछि पुनः प्रधानमन्त्री नियुक्त गरेकी हुन् । अब ओलीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ ।
    बहुमतीय सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समय सोमवार सकिएपछि नयाँ प्रक्रिया अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपतिले दिएको समयमा विपक्षी गठबन्धनले सरकार बनाउन प्रयास गरेपनि संख्या नपुगेपछि अन्ततः पछि हटेका थिए ।

    ​२०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिन कोशिष गरेका थिए । तर, विश्वासको मत नपाएपछि उनी मदमुक्त बनेका थिए ।

    यसैबीच ओली बिहीबार नयाँ प्रक्रियाबाट प्रधानमन्त्रीमा नियुक्त भएसँगै यसअघिको मन्त्रिपरिषद्का सदस्यहरु पदमुक्त भएका छन् ।

    आज शपथ लिएपछि ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने एमाले स्रोतले बतायो । यसअघिको मन्त्रिपरिषद्का सदस्य रहेका अधिकांश दोहोरिने स्रोतले बतायो । गृहमन्त्रीमा रामबहादुर थापा, अर्थमन्त्रीमा विष्णु पौडेल, परराष्ट्र मन्त्रालयमा सहित अधिकांश मन्त्रीले पुरानै जिम्मेवारी पाउने सम्भावना छ । केही नयाँ अनुहार पनि समेटिने सम्भावना छ ।

    सांसद पद गुमेका पूर्व माओवादी पृष्ठभूमिका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी फेरि मन्त्री बन्ने छन् । संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिना भन्दा मन्त्री बन्न नपाउने संविधानमा व्यबस्था छ । ओलीलाई समर्थन गरेको जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जान चाहेमा उनीहरुलाई पनि सरकारमा सहभागि गराइने एमाले स्रोतले बतायो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑