आज:
  • होमपेज / Breaking News

    ओलीको सत्तारोहण : पदमुक्त भएको तीन दिनमै प्रधानमन्त्री नियुक्त, भोलि साढे २ बजे शपथ

  • वीरगंज संजाल
  • ३१ बैशाख २०७८, शुक्रबार ०२:२३
  • ३४४९

    वीरगन्ज । पदमुक्त भएको तीन दिनपछि नै एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । विहीबार राति राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सपथ ग्रहण भने भोलि (शुक्रबार) दिउँसो साढे २ बजे हुने शीतलनिवासले जनाएको छ ।

    वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबैभन्दा बढी सदस्य भएको दलको हैसियतमा एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ ।

    यसअघि आजै राष्ट्रपति कार्यालयले विहीबार राति एक विज्ञप्ति जारी गर्दै धारा ७६(२) अनुसार कसैको पनि दाबी नपरेको उल्लेख गरेको थियो ।

    राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरिएको भए पनि अन्तिम समयमा आएर नेकपा एमालेको नेपाल खनाल पक्षले असहयोग र जसपाकै महन्थ ठाकुर केपी ओलीतिर ढल्किँदा वैकल्पिक सरकार बनाउने योजना तुहिएको थियो ।

    प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली वैशाख २७ मा पदमुक्त भएका थिए ।

    प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाएका थिए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो ।

    प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए ।

    ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले अबको एक महिनामा फेरि संसदमा विश्वासको मत लिनुपर्नेछ ।

    यसअघि २०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए । पछि दुई पार्टी एकता भएर नेकपा बनेको थियो ।

    तर, गत फागुन २३ को सर्वोच्चको फैसलासँगै नेकपा विभाजित बनेपछि भने माओवादीले ओलीलाई साथ नदिएपछि ओली सरकार संकटमा परेको थियो ।

    सो अघि २०७२ असोज २५ मा उनी पहिलो पटक  प्रधानमन्त्री बनेका थिए । यससँगै ओलीले प्रधानमन्त्रीमा ह्याट्रिक पूरा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला
  • पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न
  • राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा
  • दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    दुर्गा प्रसाईं फेरि पक्राउ

    हर्कको प्रश्न : रौतहटमा भएको बालिकाको हत्याबारे यो सरकारले के गर्दैछ?

    शहिद धर्मराज सिंहकी आमाद्वारा एमाले उम्मेदवार प्रदीप यादवलाई जितको आशीर्वाद

    राष्ट्रियसभा बैठक सुरु

    आहा रारा पोखरा गोल्ड कपको २५ औँ वर्षको अवसरमा तस्बिर प्रदर्शनी

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    News

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    News

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    News

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    News

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑