वीरगन्ज ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता बिहीवार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।ओली तेस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिस्ट नेता बनेका छन् । यसअघि २०७२ असोज २५ गते पहिलो पटक ओली प्रधानमन्त्री बनेका थिए ।
२०७३ साउन १९ गते उनी पदमुक्त भएका थिए । २०७४ फागुन ३ गते ओली दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत गुमाएर पदमुक्त भएका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०६५ र २०७३ मा गरी दुइपटक प्रधानमन्त्री बनेका छन् । २०५१ सालमा मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए । त्यसपछि प्रचण्ड दोस्रो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए । प्रचण्डपछि माधव नेपाल, नेपालपछि झलनाथ खनाल र खनालपछि डा बाबुराम भट्टराई कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए ।