वीरगन्ज । नेपालमा थप ८ हजार ९६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बिहीबार थप ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा देशभर १९ हजार ४७४ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोही अवधिमा देशका विभिन्न ठाउँमा ७७१ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।