वीरगंज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच करिव आधा घण्टा भेटवार्ता भएको छ ।
दुई नेताबीचको भेटवार्तामा राष्ट्पतिले तोकेको समयसीमाभित्र नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्नेबारे छलफल भएको छ ।
साथै उनीहरुबीच जसपा र एमालेको माधव नेपाल समुहले गर्ने सम्भावित निर्णयबारे समेत छलफल भएको दुवै नेता निकट स्रोतले बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विस्वासको मत नपाएपछि राष्ट्पतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आज राति नौ बजेसम्म दावी पेश गर्न दलहरुलाई आव्हान गरेकी थिइन ।