• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नयाँ सरकार गठनको समय राति ९ बजे सकिँदैै, सक्लान् त देउवाले ?

  • वीरगंज संजाल
  • ३० बैशाख २०७८, बिहीबार १४:०८
  • ३२६९

    वीरगंज । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मतमा पराजित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज (वैशाख ३० गते) सकिँदैछ।

    गत सोमबार (वैशाख २७ गते) संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा बहुमत नपुगेपछि सरकार कामचलाउ बनेको छ भने संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार बनाउन राष्ट्रपति भण्डारीले दिएको ३ दिनको समय आज राति ९ बजे सकिने भएको हो।

    यो समयभित्र विपक्षी दलले बहुमत जुटाई राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्रीको नाम पेस गर्न सकेनन् भने संसदमा सबैभन्दा धेरै सांसद रहेको दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ। अहिले संसदमा सबैभन्दा ठूलो दल एमाले नै हो भने त्यसको संसदीय दलका नेता केपी शर्मा ओली नै हुन्।

    यसर्थ आज राति ९ बजेसम्म विपक्षी दलले बहुमत देखाउन सकेनन् भने पुनः ओली नै प्रधानमन्त्री बन्ने सम्भावना छ।

    ओली प्रधानमन्त्रीबाट हटेकै दिनदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने कसरत त चलिरहेको छ तर बुधबार साँझसम्म विपक्षी दलले बहुमत पुर्‍याउन सकेका छैनन्।

    देउवाका पक्षमा बहुमत पुग्न कांग्रेस, माओवादी केन्द्रसँगै जनता समाजवादी पार्टी (जसपा) पनि एकमत हुनुपर्छ। तर विश्वासको मत दिने दिन तटस्थ बसेको जसपाको महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनको पक्षमा छैन। विश्वासको मतमा मतदान भएकै दिन सोमबार मध्यराति विज्ञप्ति निकालेर अध्यक्ष ठाकुरले आफू ओलीको विकल्प खोज्ने पक्षमा नरहेको बताइसकेका छन्।

    तर त्यस दिन संसद बैठकमै उपस्थित नभएका एमालेकै माधव नेपाल पक्षका २८ सांसदमध्ये कम्तीमा १६ जनाले राजीनामा दिए संसदको कूल सदस्य संख्या घटाउने र विपक्षीलाई बहुमत पुग्ने बाटो खोल्ने चर्चा पनि व्यापक छ। तर बुधबार साँझसम्म यो विषय पनि टुंगो लागिसकेको छैन।

    आज राति ९ बजेसम्म विपक्षीले कुनै विकल्प निकाल्न सकेनन् भने सरकार गठनको नयाँ प्रक्रिया सुरु हुनेछ। त्यो हो– संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपतिले संसदको ठूलो दलको नेतालाई प्रधानमन्त्री चयन गर्ने।

    जुन दल ओलीकै हो भने त्यसको संसदीय दलका नेता पनि उनै।

    एकमत हुने विषयमा आज टुंगो लगाउने जसपाको दाबी
    नयाँ सरकार गठनमा पार्टीभित्र सहमति जुटाउन प्रयासरत जनता समाजवादी पार्टी (जसपा) ले यस विषयमा आज (बिहीबार) टुंगो लगाउने दाबी गरेको छ।

    ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको जसपाका शीर्ष नेताको बैठकले आज थप छलफल गरी एउटा टुंगोमा पुग्ने निर्णय गरेको हो।

    बुधबारबो बैठकमा सरकार गठनबारे विभिन्न विकल्प प्रस्तुत भएको जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए।

    लोकतान्त्रिक पार्टी भएकाले फरक–फरक धारणा आउनु स्वाभाविक भएको भन्दै उनले छलफल जारी रहेकाले बिहीबार (आज) सम्म पार्टीको एकीकृत धारण तय गरिने दाबी गरेका छन्।

    आफ्नो पार्टीमा दुई खेमा होइन, फरक–फरक विचार भएको र लोकतन्त्रिक पार्टीमा यो स्वाभाविक भएको उल्लेख गर्दै उनले संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेस गर्ने अन्तिम दिन बिहीबार (आज) सम्म एकीकृत विचार बनाउने प्रयासमा भइरहेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑