नयाँ वर्ष लाग्यो तर, सँगसँगै वर्षको पहिलो दिनदेखि कोभिडको दोस्रो लहर प्रवेश गर्यो । चैतको अन्तिमदेखि मुलुकमा तीव्र रूपमा संक्रमण बढ्दै गयो ।पहिलो चरणमा देखिएका संक्रमितलाई भन्दा यस पटक देखिएका संक्रमितहरूमा जटिल प्रकृतिका लक्षणहरू देखिएका छन् । अस्पतालमा बस्नेको संख्या पनि बढ्दै गएकाले र संक्रमितको शरीरमा अक्सिजनको कमी हुने समस्याले सताउँदै गएको छ ।
मुलुकमा करिब पाँच महिना अघि सबैभन्दा बढी प्रचलनमा रहेको शब्द ‘विघटन’ थियो । त्यतिखेर मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका थिए ।अहिले भने मुलुकमा शब्दको डिस्कोर्ष फेरिएको छ । शरीरमा ‘अक्सिजनको अभाव’ र अस्पतालमा समेत अक्सिजनको अभाव भएका कुराहरू सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा छाइरहेका छन् ।
पछिल्लो समय देखिएका संक्रमितमा अक्सिजन कम भएपछि कृत्रिम अक्सिजन माग ह्वात्तै बढेको छ । धेरैले विद्यालय जीवनदेखि मानव जीवनका लागि प्रयोग हुने कृत्रिमा अक्सिजनबारेमा सुन्दै आएका छन्। तर, यो कसरी बन्छ त भन्ने आम मानिसलाई जिज्ञासा पनि हुन सक्छ यसको बारेमा वीरगंज संजालले बुझ्ने प्रयास गरेको छ ।
हावालाई प्रशोधन गरेर अक्सिजनलाई निकालिन्छ । हावामा मुख्य गरी अक्सिजन, नाइट्रोजन, कार्बनडाइअक्साइड र आर्गन हुन्छन् त्यो अक्सिजनका लागि चाहिने मुख्य तत्त्व हो ।
कम्प्रेसर भन्ने मेसिनबाट हावालाई शुद्धिकरण गरिन्छ । मेसिनले हावालाई तानेर चाप बढाएर लाने गर्छ र त्यसको तापक्रम बढ्छ । तापक्रम बढेपछि पुनः तापक्रम घटाइन्छ र कम चापमा प्रेसर दिइन्छ ।
४० किलो ग्राम पर सेन्टीमेटर स्क्वायरको प्रेसरमा बिल्ड अप गरेपछि यसलाई चिस्याएर लगिन्छ । चिस्याएपछि हावामा भएका कणहरु जम्मा हुन्छ । जम्मा भएको कणलाई राखी पानी फ्याकिन्छ त्यसलाई म्वयस्चर भन्छौ । म्वयस्चर फ्रि हावा भित्र जान्छ । त्यसमा एलुक्टोभिटेड र एलोमिना भन्ने कार्बन हुन्छ । यो दुई वटाको फिल्टरबाट हावा पास हुन्छ ।
कम्प्रेसरबाट हावाको तत्त्वहरू सोसिन्छ । त्यहाँबाट धुलो निस्कन्छ छानिएर र शुद्ध हावा भित्र जान्छ । शुद्ब हावामा भएको मुख्य तत्त्वहरू अक्सिजन र नाइट्रोजन बन्छ । नाइट्रोजन ७९ र २१ प्रतिशत अक्सिजन हुन्छ । यो दुई वटालाई छुट्टयाउने प्रक्रियामा लान्छौ ।
तरल पदार्थलाई माइनस १८२ सेन्टिग्रेटमा लगेर अक्सिजनलाई परिणत गरिन्छ । त्यसपछि हावामा भएको तरल अक्सिजनमा परिवर्तन भएर भाँडामा थापिन्छ । तर, नाइट्रोजन तरलमा परिणत नभएकाले उडेर जान्छ ।
तरल अक्सिजनलाई लिक्वीड अक्सिजन पम्प भनिन्छ । पम्प गरेपछि लिक्वीड अक्सिजन बाहिर निस्कन्छ । यो तापमा भएर आउछ त्यो अक्सिजन सिलिण्डर भर्ने गरिन्छ । समग्रमा हावालाई प्रशोधन गरेर अक्सिजन बनाइन्छ । यसमा कुनै पनि कच्चा पदार्थ मिसाइदैन । यसका लागि हावा कच्चा पदार्थ हो । (हिमाल अक्सिजनका प्राविधिक अनिल महर्जनसँगको कुराकानीमा आधारित)