वीरगञ्ज । भेन्टिलेटर खाली नहुँदा वीरगञ्जमा एक जना कोरोना संक्रमितले अकालमै ज्यान गुमाउनुपरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीका ६८ वर्षीय पुरुषले भेन्टिलेटर खाली नहुँदा उपचार नपाएर ज्यान गुमाएका हुन् ।
नेशनल मेडिकल कलेजले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटेलमा सञ्चालन गरेको कोभिड अस्पतालमा भेन्टिलेटर खाली नभएपछि मृत्युको मुखमा पुग्नुपरेको हो ।
बुधवार बिहान ती संंक्रमितको ज्यान गएको अस्पतालका चिकित्सक प्रमोद सर्राफले बताए ।
‘अक्सिजनको सपोर्टमा थिए, स्थिती खराब हुँदै गइरहेको थियो । भेन्टिलेटर खाली नभएपछि उनलाई बचाउन सकिएन’ सर्राफले भने । श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १७ गते उनलाई असपतालमा भर्ना गरिएको थियो ।