वीरगंज | भारतको चर्चित दैनिक हिन्दुस्तान टाइम्सले नेपालको राजनीतिबारे विवादास्पद टिप्पणी गरेको छ। पत्रिकाले आफ्नो सम्पादकीयमै प्रतिनिधि सभामा विश्वासको मत नपाएर पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको समर्थन रहेको उल्लेख गरेको छ।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनसँग नजिक मानिने हिन्दुस्तान टाइम्सले आफ्नो अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयमा लेखेको छ– नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास गुमाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगै माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका कारण प्रधानमन्त्रीले विश्वासको मत नपाएका हुन्।
भारतले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई ओलीलाई सहयोग गर्न भनिरहेको उल्लेख गर्दै सम्पादकीयमा लेखिएको छ, ‘भारतको सल्लाह महन्थ ठाकुरलाई तटस्थ बस्नु भन्नेछ, दिल्लीको सपोर्ट अहिले पनि ओलीलाई नै छ।’