• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘उपेन्द्र यादवदेखि प्रचण्ड र देउवासम्मको नियत जसपा फुटाउने देखियो’

  • वीरगंज संजाल
  • २८ बैशाख २०७८, मंगलवार १५:०१
  • ४४२५

    वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएसँगै सत्ता राजनीति अर्को सरकार गठन गर्ने र गर्न नदिने जोडघटाउमा प्रवेश गरेको छ । संसद्को विश्वास गुमाएर ओली कामचलाउ प्रधानमन्त्री भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्नका लागि ३० गते साँझ ९ बजेसम्मको समय दिएकी छन् ।

    अहिलेको अवस्थामा सरकार गठन गर्ने प्रतिनिधिसभामा कुनै पनि राजनीतिक दलको बहुमत छैन । त्यसैले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ । अहिले विपक्षमा रहेका दुई दल मिल्दा सरकार गठनका लागि आवश्यक सांसदको संख्या पुग्ने आधार देखिँदैन त्यस्तो अवस्थामा तीन दल मिल्नुपर्ने अवस्था छ । तर, निर्णायक मानिएको जनता समाजवादी पार्टीभित्रको विभाजनले त्यो संख्या पुग्ने देखिँदैन ।

    प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष तटस्थ रहेको थियो । अर्कोतिर अध्यक्ष उपेन्द्र यादवको पक्षले भने प्रधानमन्त्री ओलीको विपक्षमा मत जाहेर गर्‍यो । उक्त मतविभाजनपछि जसपा अध्यक्ष यादवले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर राष्ट्रपतिलाई सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको विज्ञप्ति जारी गरे । त्यसले मतविभाजनका बेला चर्किएको जसपामा झनै विभाजनको दरार परेको छ । जसको प्रतिबिम्ब अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा पनि देखिएको छ ।

    यस्तो अवस्थामा वैकल्पिक गठबन्धन र नयाँ सरकार, जसपाको एकता के हुन्छ अनि मुलुकको राजनीति कता जान्छ भनेर जसपामा अध्यक्ष ठाकुरलाई समर्थन गर्दै आएका वरिष्ठ नेता राजेन्द्र महतोसँग कान्तिपुरका लागि जयसिंह महराले गरेको कुराकानीको सम्पादित अंश :

    प्रतिपक्षी दलहरू नयाँ सरकार गठनको तयारी गरिरहेका छन् । अब नजर संसद्को चौथो ठूलो दल जसपातिर छ । तर, प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा जसपा विभाजित देखियो । यस्तो अवस्थामा रहेको जसपा अब के गर्छ ?

    सरकार गठनको प्रक्रियामा हामी छैनौं । जुन वैकल्पिक गठबन्धन सरकार बनाउने कुरा भइरहेको छ त्यसमा हामी सामेल छैनौं । जसपा सामेल छैन । कुनै व्यक्ति जाँदैमा पार्टी गएको मानिँदैन ।

    संविधानको धारा ७६ (२) अनुसारको सरकार गठन गर्नका लागि पार्टी चाहिएको हो । त्यसैले विभाजन भएर जाँदा त्यो गठबन्धन हुन सक्दैन । कांग्रेस र माओवादी मिलेर पुग्छ भने सरकार बनाए भइहाल्यो । जसपा त्यसमा रहँदैन । जसपा नरहेसम्म गठबन्धन बन्न सक्दैन भन्ने मलाई लाग्छ ।

    हामी वैकल्पिक गठबन्धनको सरकारमा सामेल छैनौं भनेर राष्ट्रपतिलाई जानकारी गराउँदै हुनुहुन्छ भन्ने चर्चा छ, त्यस्तो प्रक्रियामा जाँदै हुनुहुन्छ हो ?

    आवश्यकता पर्‍यो भने हामी राष्ट्रपतिलाई पत्र लेख्छौं । जसपा कुनै गठबन्धनमा सामेल भएको विज्ञप्ति जसरी उपेन्द्र यादवले निकाल्नुभयो, त्यसरी राष्ट्रपतिकहाँ गठबन्धन बनाएर जसपा पनि जाने भनियो भने त्यतिबेला हामी राष्ट्रपतिलाई भन्छौं- जसपा गठबन्धनमा छैन है । कुनै व्यक्तिको इच्छा होला सरकारमा जाने तर जसपाको होइन ।

    जसपाको महन्थ ठाकुर पक्ष तटस्थ बसेर ओलीलाई नै संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसद्को ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनाउन सघाइरहेको भन्ने पनि छन्, त्यस्तै हो ?

    ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनाउनु पर्छ र ? यति मात्रै बुझ्नुस् यो कि उपेन्द्र यादवले जुन पार्टी फोडेर गठबन्धन सरकार बनाउने प्रयास गर्‍यो त्यो अस्वीकृत हो, असहमति हो र घोर आपत्तिजनक हो । पार्टी फोड्ने काममा देउवा र प्रचण्डसमेत संलग्न भएकाले हाम्रो घोर आपत्ति छ ।

    पार्टी फोडेर सरकार बनाउने जुन कामहरू गरिएको हो इन्डिया र चीनले त गरे गरे उहाँहरू (देउवा र प्रचण्ड) पनि त्यसमा संलग्न भइहाल्नुभयो । जबकी हामीले पहिले नै देउवाजीलाई भेटेर मनेका थियौं, जसपा सरकारमा जाने कुनै निर्णय, कार्यक्रम छैन, हामी जाँदैन । तर पनि हिजो संयुक्त हस्ताक्षर गर्नुभयो ।

    संसद्‍मा हिजो देखिएको विभाजन र संयुक्त वक्तव्यपछि जसपाका शीर्ष नेताहरूबीच छलफल भएको छ कि छैन ?

    यो सरकार गठन गर्नेबारेमा कहिल्यै केही पनि छलफल भएको छैन । अहिले त्यसको जरुरी नै छैन । जसपा सरकारमा गइरहेको छैन । सरकारमा जाँदा पनि जाँदैन । गठबन्धनमा जाँदैन । र त्यो गठबन्धन बन्दैन।

    कांग्रेसले सरकार गठनबारे विपक्षी दलहरूको बैठक बोलाएको छ त्यसमा सहभागी हुनुहुन्छ कि हुनुहुन्न ?

    उपेन्द्र यादवलाई बोलाए भइहाल्यो । उहाँ (देउवा)लाई काम चलिहाल्यो नि । जसपालाई फोडेपछि उहाँलाई पुगिहाल्यो । किन उहाँले हिजो सिग्नेचर गर्नुभयो ? शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिले उपेन्द्र यादवसँग किन हस्ताक्षर गर्नुभयो ? जबकी हामीले पूर्वजानकारी गराइसकेका थियौं ।

    पार्टीको प्रथम अध्यक्ष महन्थ ठाकुर र म गएर उहाँलाई चार दिन अगाडि जानकारी गराएको हो । तर पनि पार्टी फुट्नुपर्छ भनेर हस्ताक्षर गर्ने ? यै हो ? उहाँलाई भनेको थिए, हाम्रो पार्टी नफोडिदिनुहोला । उहाँले फोडे फोडोस् न ठिक छ । तर तीन दिनमा त पार्टी फुट्दैन । उपेन्द्रजी र देउवाजीको त्यो आश पनि पूरा हुनेवाला छैन । निर्वाचन आयोगमा प्रक्रिया पूरा गर्न त तीन महिना लाग्छ । तर नियत त देखियो नि ! उपेन्द्र यादवदेखि लिएर प्रचण्ड र देउवासम्मको नियत पार्टी फुटाउने देखियो ।

    जसपा एकीकृत हुन नसकेर अरुले पार्टी फुटाउन लाग्यो भनेर आरोप लगाउँदै हो कि ?

    यो भन्न मिल्छ ? कुनै व्यक्तिलाई आकांक्षा होला, महत्वाकांक्षा होला, सत्तालिप्सा होला । अर्को पार्टीको नेता भएपछि, पहिल्यै सतर्क गराइसकेपछि बुझ्नु पर्दैन ? बुझ्नुपपर्थ्यो उहाँले । हामीले भन्यौं कि सिंगो जसपा आएपछि गठबन्धन हुने हो । तर भनाइ र गराइमा फरक देखियो । हिजो उपेन्द्रलाई प्रयोग गरियो र फुट्ने काम भयो ।

    गठबन्धन सरकार गठन नभए त मुलुक चुनावतिर नै जान होला नि है ?

    त्यसमा हामीलाई नजोड्नुस् । मिडियाले त्यसमा हामीलाई नजोड्नुस् । हामीप्रति अरु पार्टीको नेताले के गरेको त्यो हामीले हेर्ने हो । हामी माग र मुद्दाको लागि एकता गरेको हो, सरकारको लागि थोरै हो ? हामी माग, मुद्दाको लागि सरकारसँग कुरा गरिरहेको हो । कतिलाई यो कुरा पचेको छैन । कसलाई गर्ने सबै उही त हो, देउवा होस्, ओली होस्, प्रचण्ड होस् सबै उस्तै त हो ।

    त्यसो भए माग र मुद्दाका लागि एक भएका तपाईंहरू सत्ताका लागि फुट्नुहुने भयो ?

    सत्ताका लागि फुट्ने प्रयास गरेको देखियो । त्यस्तोलाई कारबाही हुन्छ । पार्टी फोरुवालाई पार्टीले कारबाही गर्छ । पार्टी फुटाउन हुँदैन, मिल्दैन । वैकल्पिक शक्ति निर्माण गर्ने, शोषित उत्पीडित जनताको लागि, बहुल राष्ट्रिय राज्य निमार्णका लागि, राष्ट्रिय मुक्ति आन्दोलन, सुशासन, समृद्धि, अधिकार, पहिचानलगायतका लागि हामीले गठन गरेको पार्टी हो । त्यत्रो मिहिनेत गरेर पार्टी गठन गरियो तर कुर्सीका लागि अस्ति पनि दौडिदौडी केपी ओलीसँग गएको होइन उपेन्द्र यादव ? आन्दोलनको एजेन्डा थियो, जबसम्म माग पूरा हुँदैन सरकारमा नजाने । अनि दुई बुँदे गरेर दौडीदौडी गए । हामी भन्दै थियौं नजाऊ, एउटा माग पनि पूरा गर्दैनन् । आखिर गरेनन् ।

    आज त हामी सरकारमा छैनौं तर घुँडा टेकाएर माग पूरा गराइरहेका छौं । माग पूरा गरेन भने हुँदैन भनिरहेको हो । त्यत्रो जनतासँग बेइमानी गर्नु हुँदैन । आन्दोलनमा मान्छे सहादत भएको छ, मरेको छ अनि त्यसको रगतसँग बेइमानी गर्ने ? त्यत्रो कार्यकर्ता अपांग भएको छ, अर्कोको नोक्सान भएको छ । ६ महिनासम्म आन्दोलन भएको थियो । नाकाबन्दीको अपजस भोग्नुपरेको थियो मधेसले, देशको जनताले दुःख पाएको थियो, किन गरिस् नाकाबन्दी भनेको थियो हामीलाई । त्यो त मिसनको लागि थियो नि । देश र जनतालाई तकलिफ हुने अनि आन्दोलन गर्ने चाहिँ सबैथोक छोडेर कुर्सीका लागि केपी ओलीसँग गएको होइन ? अहिले देउवाकहाँ दौडेको होइन कुर्सीका लागि ? खाली कुर्सीका लागि पैदा भएको हो ? यो हुन सक्दैन ।

    जसपा फेरि दुई भागमा विभाजन हुने हो ?

    होइन । जसपा कुनै खास उद्देश्यको लागि एकता भएको हो । कसैको सत्ता स्वार्थको लागि कोही पनि फुट्ने वाला छैन । उपेन्द्र यादवको सत्ता लिप्साको लागि यो पार्टीको हिमाल, पहाड, तराई, मधेसका हजारौं कार्यकर्ता पार्टी फोड्न तयार छैन । सत्ताको लागि पार्टी विभाजन गर्न कोही नेता, कार्यकर्ता तयार छैन ।

    जसपालाई नै सरकारको नेतृत्वको अवसर आयो भने के गर्नुहुन्छ ?

    त्यो त हाम्रो एजेन्डा नै बनिसकेको छैन । यसमा फेरि सत्तालिप्सा देखाउनुहोला तर त्यो हाम्रो एजेन्डा बनिसकेको छैन । हाम्रो सानो पार्टी हो, सत्ताको नेतृत्वका लागि कसैले प्रस्ताव गर्‍यो भने त्यतिबेला पार्टीमा छलफल गरौंला । अहिले त देउवा आफ्नै नेतृत्वमा सरकार बनाउने कुरा गरिरहेका छन् अनि कहाँ जसपालाई नेतृत्वको कुरा आयो ? अनि हामी मौकामाथि चौका हान्न जाने ?

    जसपाको तपाईंहरूको पक्षले सरकारलाई समर्थन नदिने हो भने विपक्षी गठबन्धनले अर्को विकल्पका रूपमा एमालेको झलनाथ खनाल र माधव नेपालतिर हेरिरहेको देखिन्छ । त्यता गठबन्धन बन्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

    यो गठबन्धन सरकार माधव नेपाल पक्षको समर्थन वा राजीनामाले बन्दैन । माधव नेपालको न समर्थन न राजीनामाले यो सरकार बन्न सक्छ । यो गठबन्धन सरकार बन्नलाई पार्टी चाहिएको हो । र, पार्टीको बहुमतको सदस्य चाहिएको हो । माधव नेपाल भनेको पार्टी होइन । पार्टी बनाउनुपर्‍यो माधवजीले ।

    पार्टी बनिसकेपछि मात्रै उहाँको संख्या काम लाग्छ, संविधानको धारा ७६ (२) अनुसारको सरकार बन्नको लागि । पार्टी बनाउन तीन महिना लाग्छ, तीन दिनमा हुँदैन त्यो हामीलाई थाहा छ । निर्वाचन आयोगले तीन महिना लाइदिन्छ, कानुन त्यस्तै छ गर्ने के त ! त्यसैले माधव नेपालको राजीनामा वा समर्थनमा यो वैकल्पिक सरकार बन्ने अवस्था देख्दैन ।

    त्यसोभए जनता कोरोनाको मारमा परिरहेका बेला राजनीतिक दलहरू सत्ताको गोटी यता र उता गर्नमै व्यस्त हुने भए है ?

    यहीँ त भइरहेको छ । जनता मरिरहेको छ, यहाँ कुर्सीको लागि लडाइँ भइरहेको छ । यो तीन सालदेखि के भइरहेको छ ? कम्युनिस्ट पार्टीलाई जनताले त्यत्रो मत दिएको यसैका लागि हो ? कम्युनिस्ट पार्टीलाई मत अधिकार, सुशासनको लागि दिएको थियो नि, तर कुर्सीको लडाइँ गरेको होइन ? कोरोना भएको एक साल भयो, जनता मरेको मर्‍यै छ, यिनीहरू लडेको लड्यै छ । अहिले पनि त्यै भइरहेको छ ।

    अहिलेको अवस्थामा जसपा फुटको औपचारिक घोषणा हुन बाँकी हो कि एकताको आश कतै बाँकी छ ?

    फुटको त सम्भावना देख्दैन । पार्टी फुटाउनेलाई पो कारबाही गर्ने हो । कसैको सत्ता स्वार्थको लागि पार्टी कसले फुटाउछ ? कुन जनता जान्छ त्यता ? कोही जानेवाला छैन त्यस्ताका पछि ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑