• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट देखापर्दैछ’

  • वीरगंज संजाल
  • २८ बैशाख २०७८, मंगलवार १४:०७
  • ५६८९

    वीरगन्ज । अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल बैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड १९ संक्रमितको संख्या बढे संगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका आइसियु र भेन्टिलेटर संञ्चालनमा समस्या भएको समाचार आइरहँदा अक्सिजन उत्पादकहरुले भविष्यमा अझै ठूलो समस्या आइपर्ने चेतावनी दिएका हुन् । अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले २४ सै घण्टा प्लान्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताए ।

    उनले तत्काल सरकारले अक्सिजन आपूर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणाले वृद्धि हुने चेतावनी दिए । उनले सरकारले अक्सिजन आपुर्ति सहज बनाउ बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता वृद्धि गर्ने भन्ने बारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताए । उनले अहिले काठमाडौ उपत्यकामा मात्रै ८ वटा प्लान्ट सञ्चालनमा रहेको र २ वटा प्लाण्टहरु मर्मतको क्रममा रहेको जानकारी दिँदै सबै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको माग थेग्न नसकिने बताए । अहिले दैनिक झण्डै ९ हजार ग्यास सिलिन्डर उत्पादन भइरहेको पनि उनले जानकारी दिए ।

    सगरमाथा अक्सिजन नेपाल प्रालिका अध्यक्ष समेत रहेका तिमिल्सिनाले घरमा अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, इन्डस्ट्रिजमा भएका खालि सिलिन्डर उद्योगमा फिर्ता गरेर सर्वसाधारणको जीवन रक्षाका लागि सहयोग गर्न आव्हान पनि गरे ।

    “बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव छ । उत्पादक कम्पनीले उत्पादन गरेर भ्याएको अवस्था छैन । २४ सै घण्टा प्लान्ट चलेको भएपनि वितरण प्रणालीमा असाध्यै ठूलो चुनौति दिएको छ । कोभिड १९ संक्रमणको महामारी नियन्त्रणका लागि अक्सिजनको सहज आपूर्तिका लागि सरकारले हदैसम्मका प्रयास र उपायहरु अपनाउन निजी उद्योगीहरु र सरकारको तर्फबाट सहजीकरण र व्यवस्थापन गर्न जरुरी देखिन्छ । सबै प्लाण्टरु पूर्ण क्षमतामा सञ्चालनमा छन् र पूर्ण क्षमतामा सञ्चालनमा आउँदा अहिले प्रतिदिन ९ हजार सिलिण्डर उत्पादन गरिरहेको अवस्था छ । यो उत्पादनले बजारको माग, अस्पतालको माग थेग्न नसक्ने अवस्थामा छ । उपत्यकामा मात्रै ८ वटा प्लाण्ट चालू अवस्थामा छन् । २ वटा प्लाण्टहरु मर्मतको क्रममा छन् । २ वटा प्लाण्ट चलेको अवस्थामा पनि त्यो उत्पादनले पनि अहिलेको अवस्थामा माग थेग्न नसक्ने अवस्था छ । तत्काल सरकारले बैकल्पिक व्यवस्था गरेन भने भयावह स्थिति आउने सम्भावना बढ्दै गएको छ । वैकल्पिक व्यवस्था भनेको बाहिरबाट आयात गर्ने कि यहाँको उत्पादन क्षमता बढाउने हो यसबारे तत्काल निर्णयमा पुग्नुपर्छ” उनले भने ।

    “समयमै सबैलाई समेटेर आपुर्ति व्यवस्थापन गर्नु जरुरी देखिन्छ । हाम्रो आकलन र अहिले र्यापिड्ली बढेको कोभिड संक्रमणको अवस्थाले हाम्रो उत्पादनले थेग्ला जस्तो लाग्दैन । किनभने हरेक क्षेत्रबाट देशैभरबाट अक्सिजनको अभावका, अस्पतालका विरामीले अक्सिजन पाएनन् भन्ने सूचनाहरु प्राप्त भइरहेको छ । यो अवस्थामा सरकारले, उद्योगीहरुले चनाखो भएर, सचेत भएर यसको व्यवस्थापन गर्नु जरुरी देखिन्छ । यो महामारी सबैको प्रयासबाट समाधान गर्ने हो । अक्सिजन भनेको आजको आजै बनाउने भन्ने संभावना छैन । त्यसैले भएका क्षमता स्रोतलाई नै अधिकतम उपभोग गरेर यो महामारीलाई परास्त गरौ । कसैले पनि घरमा स्टक राख्ने काम नगरौ, आफूले प्रयोग गरिसकेका सिलिण्डरहरु तत्काल सम्बन्धित कम्पनीमा फर्काई दिउँ” उनले भने ।

    “इन्डस्ट्रीमा जम्मा भएका, कसैले घरमा लगेर राखेका छन् भने तत्काल फर्काई दिउँ । हस्पिटलले पनि खाली सिलिण्डरहरु तत्काल कम्पनीमा फर्काएर, यो सिलिन्डर अरुलाई पनि काम लाग्छ, अरु दुईजना विरामी बाँच्छन् भन्ने कुरामा ध्यान पुगोस् भन्ने अनुरोध गर्न चाहन्छु । हिजो सोचे भन्दा तीन गुना अक्सिजनको माग बढेर गएको छ । हामीले उत्पादन गरेको स्थितिले अवको बजार र माग पुरा गर्न नसक्ने स्थिति आइसकेको छ । त्यसकारणले सम्बन्धित निकाय र सम्बन्धित उद्योगीहरु तयार भएर यसको विकल्प के हो ? त्यसको व्यवस्थापन गरेर हामी अगाडि बढेनौ भने यो देशमा अक्सिजनको विषयलाई लिएर ठूलो अभाव हुने सम्भावना मैले देखेको छु” तिमिल्सिनाको भनाई छ ।

    अक्सिजन अभावमा अस्पतालमा उपचार हुन नसकेपछि सर्वसाधारण अहिले आफन्तको उपचारका लागि आफै अक्सिजन उत्पादन कम्पनीमा पुग्ने गरेका छन् । सर्वसाधारण अक्सिजनको सिलिन्डर बोकेर उद्योगमा नै जान थालेपछि अहिले उद्योगको सुरक्षार्थ सुरक्षाकर्मी नै परिचालन गरिएको छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन नेपाल प्रालिमा दुई दिन देखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    विशेष गरेर सरकारले सम्बन्धित निकायको सिफारिसमा मात्रै अक्सिजन उपलब्ध गराउन उद्योगहरुलाई परिपत्र जारी गरेपछि सर्वसाधारण उद्योग घेराउमा निस्किएका छन् । मन्त्रालयले अस्पताल बाहेक घरघरमा बसेका दीर्घरोगी, कोभिड भएर घरमै बसेर उपचार गराइरहेका विरामीको आवश्यकतालाई वेवास्ता गरेको भन्दै सर्वसाधारणहरु आक्रोशित भई अक्सिजन उद्योग घेराउमा पुगेपछि अहिले अक्सिजन उद्योगहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑