वीरगन्ज । प्रतिनिधिसभाको विशेष अधिवेशनको आजको बैठक सकिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको प्रस्तावमाथि मतदान भएको थियो । प्रधानमन्त्रीको पक्षमा ९३ मत र विपक्षमा १२४ मत परेको थियो ।
यो सँगै प्रधानमन्त्री ओली संविधानतः पदमुक्त भएका छन् । प्रतिनिधिसभाको अर्को बैठक वैशाख ३० गते बस्ने बताइएको छ ।