काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुको बैठक बस्दैछ । ‘कठोर निर्णय’का लागि बैठक बस्न लागिएको हो ।
बैठकका लागि नेता माधवकुमार नेपाल पनि सिंहदरबार पुगेका छन् ।
उनी भर्खरै त्यहाँ पुगेका हुन् । यसअघि केही सांसदहरु सिंहदरबार आइसकेका थिए ।
यसअघि आइतबार भएको छलफलमा सोमबार बिहान ९ बजेसम्म प्रधानमन्त्री ओलीलाई अल्टिमेटम दिने र पूरा नभए साढे ९ बजे बैठक बस्ने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए ।
सिंहदरबारमा संसद् सचिवालयमा जम्मा भएर उनीहरुले राजीनामाको निर्णय गर्न सक्ने बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारबाट कुनै पनि ‘रेस्पोन्स’ नआएपछि अहिले खनाल–नेपाल समूहका सांसदहरु सिंहदरबारमा जम्मा भएका हुन्