वीरगन्ज । चीनको लंग मार्च ५बी रकेट अनियन्त्रित भएर पृथ्वीमा कुन ठाउँमा खस्ने पत्तो नभएकोमा अन्ततोगत्वा आइतवार हिन्द महासागरमा खसेको छ ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार, रकेट श्रीलंका र माल्दिभ्सको बीचमा कतै पानीमा खसेको छ ।
अमेरिकाको स्पेस फोर्स डेटाअनुसार, यो रकेट १८ हजार माइल प्रतिघन्टाको गतिमा पृथ्वीतिर आइरहेको थियो । यो कहाँ खस्ने हो भन्ने कुनै निश्चित थिएन । तर रकेट खस्दा कसैलाई हानिनोक्सानी नभएको बताइएको छ ।
२०२१–०३५बी नामक यो रकेट १०० फीट लामो र १६ फीट चौडा थियो । वायुमण्डलमा प्रवेश गर्दा यसको ठूलो भाग जल्यो र बाँकी भाग पानीमा खस्यो ।
चीनले यस रकेटको सहायताले अन्तरिक्षमा बनाइने आफ्नो स्पेस स्टेसनको पहिलो भाग पठाएको थियो । त्यस मोड्युलको नाम थ्याँह राखिएको छ ।