बारा।बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुवरीको एक घरमा भिषण लागलगी भएको छ । शनिबार बेलुका करिब ७ बजेको समयमा आगलागि हुँदा बहुवरीका अनिल यादवको घरमा जलेर नष्ट भएको छ। आगलागिबाट २ लाख बराबरको भौतिक क्षति भएको पितिड यादवले बताएका छन्।घर भित्र धेरै पुरानो वायरिङ भएको हुँदा सर्टसर्किट भई घरमा आगलगि भएको पिडित परिवारको अनुमान रहेको छ।आगोलाई स्थानीवासी र इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट आएको प्रहरी टोलीले २ घण्टामा नियन्त्रणमा लिइएको थियो।कोरोना भाइरस सङ्क्रमणको कहरमा भीडभाड हुन नदिन नेपाली कांग्रेसका युवा नेताहरुले पहल गरेको युवा नेता सुनिल पटेलले बताएँ।