बारा | महागढिमाइ नगरपालिका बाराद्वारा २० बेड्को आइसोलेसन वार्ड आज देखी औपचारिक रूपमा सुरु भएको छ ।महागढिमाइ नगरपालिका बारामा मेयर उपेन्द्र यादवको सक्रियतामा २० बेड्को आइसोलेसन वार्ड सुरु भएको छ ।
२० बेड्को आइसोलेसन वार्ड आज देखी औपचारिक रूपमा सुरुआत् गर्दै मेयर उपेन्द्र यादवले भने कसैलाइ केहि समस्या नहुने समेत जनाए ।
आइसोलेसन वार्डमा बिरामीको लागी चाहिने अति आवस्यक अक्सिजन सिलिण्डर, तातोपानी गर्न थर्मस , तौलिया ,चपल , मग , खाना, खाजाको साथै सुरक्षाकर्मी, डा. , मेडिकल अफिसर र खानेपानीको सुबिधा समेत् ब्यवस्थापन गरिएको छ ।
कोभिड बिरामीको लागी आइसोलेसन वार्डको सुरूवात गर्ने बाराको पहिलो नगरपालिका महागढिमाइ भएको छ ।